उदयपुर । उदयपुर कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागि घाइते भएकी उनको उपचारका लागि शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।