ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा ढुङ्गाले किचेर एक बालकको मृत्यु भएको छ । मेरिङदेन गाउँपालिका २ शान्थाक्रा का १३ वर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको हो ।
सोमबार दिउँसो साढे २ बजे फुङलिङ नगरपालिका ७ स्थित सव–बेश निर्माणका लागि मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनद्वारा भिर चट्टान फोर्ने क्रममा झरेको ढुङ्गाले उनलाई किचेको थियो ।
निर्माण भइरहेको स्थानको बाटोमा गिटी कुट्ने र ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग ढुङ्गा ओसार्ने शेर्पा पनि गएका थिए ।
सोहि क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।