सुनसरी । बराहक्षेत्र नगरपालिका ७ स्थित वसन्त ऋतु माद्यामिक विद्यालययको खेलकुद मैदानमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ ।
माघ २७ देखि सञ्चालित प्रतियोगितामा १ सय ५८ अंक प्राप्त गरी प्रकाश मावि बराहक्षेत्र १० ले उपाधि चुमेको हो । विजेताले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
सटपुटथ्रोमा छात्रतर्फ राजाबास इङलिस स्कुलका रोहन लिम्बु र छात्रातर्फ मोहन मावि बराहक्षेत्र ११ का बिपना राई प्रथम भए । लङजम्पमा छात्रतर्फ जनता मावि बराहक्षेत्र ११ का सुशीलकुमार उराँव र छात्रातर्फ महेन्द्र मावि बराहक्षेत्र ६ का सरिता निरौला प्रथम भइन् ।

तीन हजार मिटर दौड तर्फ छात्र प्रकाश मावि बराहक्षेत्र १० का बिक्रम चन्द्रवंशी र छात्रा महेन्द्र मावि बराहक्षेत्र ६ गीता कार्कीले प्रथम स्थान हासिल गरे । ट्रिपल जम्पमा छात्रा महेन्द्र मावि बराहक्षेत्र ६ की भगवती थापा र छात्र जडेज मामवि बराहक्षेत्र ५ मुकेश चौधरी प्रथम भए ।
हाइजम्पमा छात्र जडेज मावि बराहक्षेत्रका डेबिट चौधरी र छात्रा प्रकाश माविकी गोमा थापा प्रथम भए । ज्यामलिक थ्रोमा छात्र राजाबास इङलिस स्कुलका सुदेस राई र छात्रा तर्फ राजाबास इङलिस स्कुलकै प्रबिना प्रथम भए ।

सबैको अंक जोड्दा १ सय ४४ अंक प्राप्त गरेर ज.डे.ज.मावि बराहक्षेत्र ५ कालाबन्जारले दोस्रो स्थान बनायो । जडेजले १५ हजार रुपैयाँ ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्यो । ९८ अंक प्राप्त गरी तेस्रो स्थान बनाएको आदर्श मावि बराहक्षेत्र २ चतराले १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो ।
बराहक्षेत्र नगर स्तरीय दोस्रो अन्तर माध्यामिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतिगितामा बराहक्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरु समेत २९ वटा स्कुल सहभागी भएको नगर खेलकुद विकास समिति संयोजक आसाराम चौधरीले बताए ।

नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितालाई बराहक्षेत्र नगर शिक्षा समितिले समन्वय र बराहक्षेत्र नगरपालिकाले संरक्षण गरेको थियो ।
शुक्रबार सम्पन्न उक्त प्रतियोगितामा बराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक चौधरीको सभापतित्व रहेको थियो । बराहक्षेत्र नगर प्रमुख निलम खनालको प्रमुख अतिथ्यता रहेको सो कार्यक्रममा उप प्रमुख कमला मगर, निमित्त अधिकृत मनुकुमार लिम्बूको विशेष आतिथ्याता रहेको थियो ।







