Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौट प्रतियोगिता भव्य उद्घाटन

खबरबिट by खबरबिट
15/09/2022
in FEATURE, खेलकुद
0
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ को छनौट प्रतियोगिता भव्य उद्घाटन
78
VIEWS
Share on FacebookShare on Twitter

राजन भट्टराई
सुनसरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन प्रदेश नम्बर १ ले आफ्नो छनौट प्रतियोगिताको मंगलबार भव्य उद्घाटन गरेको छ । प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु, तथा खेलसम्वद्ध पदाधिकारीहरुको भव्य समारोहका विच सांस्कृतिक झाँकी, खेल डेमोस्ट्रेसन तथा बिभिन्न खेलप्रतियोगिता सहित प्रदेश स्तरिय वृहत छनौट प्रतियोगिताको उद्घाटन भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशका १४ वटै जिल्लाबाट आएका खेलाडीहरु सम्मिलित खेलकुल ¥याली तथा शान्ति पदयात्रा सहितको टोलिलाई सम्मान गर्दै सलौट गर्न भ्याए भने कार्यक्रममा बजाइएको खेलकुद गीतमा नृत्य गर्दै प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलाडीको मुहारमा खुसि छरेका थिए । विभिन्न जातजातिका भेषभुषाले सजिएको झाँकी, पन्चेवाजा तथा सशस्त्र प्रहरीको व्याण्डसहित भएको भव्य शान्ति ¥यालिलाई कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री राईले सम्मान गरेका थिए । कार्यक्रममा आइटिएफ तेक्वान्दोको सेल्फ डिफेन्स, योग खेलको डेमोस्टे«सन तथा खेलकुद नृत्य समेत देखाइएको थियो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

कार्यक्रममा बोल्दै वाग्लेले साढे पन्ध्र हजार जना खेलाडीबाट छनौट भएर आएका ५ हजार भन्दा बढी खेलाडीहरु प्रदेश छनौट प्रतियोगितामा सहभागि भएको बताए । पाँच हजार ६ सय खेलाडीबाट छनौट भएर ७ सय ८ जना खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकको प्रतिनिधित्व गर्दै सहभागी हुने बताए ।

प्रमुख अतिथीको मन्तव्य राख्दै प्रदेशका मुख्यमन्त्री राईले प्रदेश संरचना भएपनि अधिकार केन्द्र सँग रहँदा हाल सम्मपनि खेलका संरचनाहरु प्रदेश सरकार मातहत नआइसकेको बेला प्रदेशले नवौँ राष्टिय खेलकुदमा सहभागिता जनाउनु निकै चुनौति पुर्ण रहेको बताए । पहिलो पटक प्रदेश सरचनामा गएर नवौ राष्टिय खेलकुद प्रतियोगितामा सहभागि हुन लाग्दा बजेट लगायतका समस्या भएपनि मन्त्रि परिषदले निर्णय गरेर प्रदेश खेलकुद विकास बोर्डले माग गरेजति नै बजेट उपलव्ध गराएको मुख्यमन्त्री राईले बताए । उनले भोलि बजेटको अपुग भएको खण्डमा समेत आफुहरु खेलाडीहरुको लागि थप बजेटको पहल गर्ने बताउँदै प्रदेशको लागि मेडल लिएर आएको खण्डमा आकर्षक पुरस्कार प्रदान गर्ने घोषणा समेत मुख्यमन्त्रीले गरेका थिए ।

कार्यक्रममा यातायात तथा संचार मन्त्री उपेन्द्र घिमिरे, सामाजिक विकास मन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्यहरु शैलेस कुमार विष्ट, प्रदीप कुमार भगत, रितेश श्रेष्ठ, रोशनी राई, जिवनी राई, सन्दीप राई, प्रदेश प्रहरी प्रमुख, खेलकुद विकास समितिका पदाधिकारीहरु तथा खेलसम्बद्ध व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको थियो ।

मंगलबारै प्रदेश १ को इटहरी र धरानमा गरेर ७ वटा छनौट खेलहरु भएका छन् । इटहरीमा पुरुष भलिवल, महिला फुटवल, आईटिएफ तेक्वान्दो, टेवल टेनिस, पौडि र धरानमा बुद्धिचाल खेल सन्चालन भएको छ । प्रदेश एकको छनौट प्रतियोगिता असोज ८ गते सम्पन्न हुने प्रदेश खेलकुद विकास बोर्डले जानकारी दिएको छ ।

Tags: नवौँ राष्ट्रिय खेलकुद

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

महिला फुटबलको उद्घाटन सत्रको खेलमा ताप्लेजुङ्ग र संखुवासभाको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.