इटहरी । नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ को महिला फुटवल छनौट प्रतियोगिताको खेलमा ताप्लेजुङ्ग र संखुवासभाले जित हासिल गरेको छ ।
मंगलबार भएको उद्घाटन खेलमा ताप्लेजुङ्ग र तेह्रथुम जिल्लाका महिला फुटवल खेलाडीको प्रतिस्र्धामा ताप्लेजुङ्गले ० को विरुद्ध ६ गोल लगाउँदै अर्कोे चरणमा प्रवेश गरेको छ ।
जिल्लाबाट छनौट भएर आएको तेह्रथुमले चाहेजस्तो प्रदर्शन भने गर्न सकेन । ताप्लेजुङ्गका लागि खेलको सातौँ मिनेटमा जर्सि नम्बर ११ कि अनुस्का लिम्बुले गोल गरिन भने खेलको १७ र २० मिनेटमा जर्सि नम्बर ४ कि खेलाडी अनुसा थेपेले एक एक गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाइन् । टिम क्याप्टेन समेत रहेकि अनुसाको गोलले निर्णाय बनिसकेको ताप्लेजुङ्गलाई दोस्रो हाफमा जर्सि नम्बर १८ की रेश्मा थुलुङ्गले एक गोल गरिन् भने दोस्रो हाफको १७ र २८ औँ मिनेटमा जर्सि नम्बर ८ कि सुस्मा लिम्बुले अर्को दुई गोल थप्न सफल भइन् ।
त्यसैगरी अर्को खेलमा संखुवासभाले ओखल्ढुंगालाई ० को विरुद्ध २ गोल गर्दै अर्को चरणमा प्रवेश गरेको छ । संखुवासभाको लागि पहिलो हाफको तिसौँ मिनेटमा अस्मिता गुरुङ्गले एक गोल गरिन् भने दोस्रो हाफको २४ औँ मिनेटमा पनि अस्मिताले नै आफ्नो टिमको लागि गोल थपिन् ।
बुधबार फुटबलका ४ खेल हुने प्रदेश खेलकुद विकास बोर्डको फुटवल तर्फको छनौट समितिले जनाएको छ ।