राजन भट्टराई, इटहरी । प्रदेश १ को नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मंगरबार इटहरी रंगशालामा सुरु भएको प्रदेश छनौट प्रतियोगितामा एथेलेटिक्सको १० किलोमिटर दौड तर्फ भोजपुरकी छेन्विमाया राई प्रथम भएकी छन् । त्यस्तै १० किलामिटर तर्फको दौडमा पुरुष तर्फ सुनसरीका प्रशान्त तामाङ्ग प्रथम भएका छन् ।
राईले १० किलोमिटर दौड ४८ मिनेट ४ सेकेण्डमा पुरा गरिन् भने ताप्लेजुगँकी समपल्मु शेर्पाले द्धितीय स्थान हासिल गरेकि छन् । १० किलोमिटर तर्फको दौडमा शेपाले ४८ मिनेट २४ सेकेण्डमा सम्पन्न गरेकी थिइन् । यस्तै १० किलोमिटर तर्फकै दौडमा भोजपुरकी जुलिन राईले तृतीय स्थान हासिल गरिन् । जुलिनले ५२ मिनेट २ सेकण्डमा दौड पुरा गेरेकि थिइन भने सोलुखुम्बुकी मुना राईले ५७ मिनेट ३१ सेकेण्डमा दश किलोमिटर दौडिएर चौथो भइन् ।
यसैगरी प्रशान्तले १० किलोमिटर दौड ३६ मिनेट ४२ सेकेण्डमा पुरा गरे । धनकुटाका गोकुल यांकिलाले ३६ मिनेट ५७ सेकेण्डमा १० किलोमिटर दौड पुरा गर्दै द्धितिय भएका थिए । यसैगरी भोजपुरका उमेश राईले ३७ मिनेट ४ सेकण्डमा पुरा गर्दै तृतीय स्थानमा हासिल गरे । दश किलोमिटर पुरुष दौडका चौथो स्थानमा झापामा सरोज सिंह आए ।