Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पर्यटन

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ : मन्त्री भट्टराई

खबरबिट by खबरबिट
15/10/2019
in पर्यटन, मुख्य समाचार
0
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ : मन्त्री भट्टराई
78
SHARES
188
VIEWS
Share on FacebookShare on Twitter
 काठमाडौँ, रासस 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे ।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको सन्दर्भमा पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण अवसर भएको बताए ।

READ ALSO

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

पर्यटनमन्त्री भट्टराईले विश्वको बलियो अर्थतन्त्र र विश्व महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनले लिने कुनै पनि नीति, कार्यक्रम र अख्तियारीले विश्वलाई नै प्रभावित पार्ने स्थिति बनिरहेको सन्दर्भमा त्यस्तो मुलुकका राष्ट्र प्रमुखको नेपाल भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरे । भट्टराईले भ्रमण वर्षको समयमा चीनबाट कम्तिमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने मिसनका साथ काम गरिरहेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमणले उक्त उद्देश्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । त्यसका लागि पर्यटन क्षेत्रका निश्चित ठूला बजारबाट पर्यटक आकर्षण गर्र्नुपर्ने हुन्छ । मित्रराष्ट्र चीन नेपालको पर्यटनका लागि मुख्य गन्तव्य हो । त्यस्तै भारत अर्को महत्वपूर्ण गन्तव्य मानिन्छ । अन्य मुलुक पनि नेपालको पर्यटनका लागि मुख्य बजार हुन् ।

चिनियाँ पर्यटक खासगरी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायतका गन्तव्यमा बढी घुम्न रुचाएको तथ्यांकले देखाएको छ । उनका अनुसार पछिल्लो समयमा चिनियाँ पर्यटकको बढी रोजाइमा साहसिक पर्यटन पर्ने गरेको छ । त्यसमा प्याराग्लाइडिङ चिनियाँको मुख्य आकर्षक पक्ष हो । पोखरामा सञ्चालन भएको यो व्यवसायमा ६० प्रतिशतभन्दा बढी चिनियाँ नै सेवाग्राही छन् । पछिल्लो समयमा चिनियाँ पर्यटकको आर्थिक स्थिति बलियो हुुँदै गएको र खर्च गर्ने क्षमता पनि बढिरहेको छ ।

त्यस्तै केही महीना अगाडि नेपाल र चीनबीच भएको दुई पक्षीय हवाई सम्झौताबाट चीनका थप १५ वटा सहरबाट नेपालमा हवाई उडान गर्ने सहमति भएको छ । सोहीअनुरुप नेपाल एयरलाइन्सले पनि ग्वोञ्जाओ र बेइजिङबाट उडान गर्ने तयारी गरिरहेको छ । यसबाट पनि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

पर्यटनमन्त्री भट्टराईले चीनबाट वार्षिक करिब १५ करोड चिनियाँ नागरिक विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाएको र नेपाललाई चीनको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नसके १५ करोड चिनियाँ पर्यटकको सानो हिस्सा मात्रै नेपालतिर तान्न सके पर्यटनका लागि महत्वपूर्ण हुने धारणा राखे ।

चीनबाट पछिल्ला वर्षमा नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा करिबब १० प्रतिशतले वृद्धि भएको छ ।

Tags: चिनियाँ राष्ट्रपतिमन्त्री भट्टराईयोगेशकुमार भट्टराईसी जीनफिङ

Related Posts

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
मुख्य समाचार

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

08/01/2024
कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि
मुख्य समाचार

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

05/08/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ
मुख्य समाचार

नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

15/06/2023
Next Post
चिसोबाट बँच्ने ५ उपाय

चिसोबाट बँच्ने ५ उपाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.