कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/११/२९ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद बेरुजु रही फरार रहेका धरान उप-महानगरपालिका-१३ का ४५ बर्षीय सन्त बहादुर लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






