Tuesday, May 26, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

जसपा नेपालकाे संसदीय दलकाे नेतामा यादव निर्विराेध निर्वाचित

खबरबिट by खबरबिट
28/12/2022
in मुख्य समाचार, समाचार
0
जसपाद्वारा ३ एजेण्डासहित राजनीतिक बैठक आवहान
37
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभएको छ ।

बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढङ्गले उठाउने बताउनुभएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने उहाँको भनाइ छ । नेता यादवले जसपा वर्तमान परिवर्तन र सङ्घीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताउनुभयो । मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिलालगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसदीय दलले पार्टीको जे एजेण्डा छ, जे दृष्टिकोण छ, विचार र सिद्धान्त छन् त्यसलाई सङ्गठित रुपले हामीले जुन–जुन ठाउँमा उठाउनुपर्ने हो, संसदमा होस् । भविष्यमा सरकारमा जाने अवस्था आयो भने त्यहाँ, सडकको अवस्था आयो भने त्यहाँ पनि । प्रतिपक्षमा आयो भने त्यहाँ हाम्रो भूमिका सशक्त रुपले निर्वाह गर्नेछौँ । जनताले जे आशा, भरोसाका साथ जनता समाजवादी पार्टीलाई यो युगान्तकारी परिवर्तनको बाहक र सङ्घीयताको वाहक भनेको जसपा नेपाल जुन मुद्दालाई उठाउँदै अहिलेसम्म यहाँ अगाडि बढेको छ ।’’

नेता यादवले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भूमिका खेल्ने बताउनुभयो । उहाँले आफूले इमानदारी र निष्ठाका साथ काम गर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसदीय दलको नेताको जिम्मेवारी थप भएको छ । पहिलेदेखि पार्टीको जिम्मेवारी जे थियो त्यसमा थपिएको छ । यो जिम्मेवारीलाई पार्टीको विधान, पार्टीको निर्देशन, नीति, सिद्धान्त र जे एजेण्डा छ त्यसलाई प्रभावकारी रुपले इमानदारीसाथ, निष्ठाका साथ सदनमा म भूमिका निर्वाह गर्ने प्रयास गर्नेछु ।’’

नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पार्नुभयो ।

बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधवार पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । एउटा मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

Tags: Bannerजनता समाजवादी पार्टी (जसपा)रामसहायप्रसाद यादवलेसंसदीय दलको नेता

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
पुस १७ गतेदेखि सबै उडान पोखरा विमानस्थलबाट गर्ने बुद्ध एयरकाे घाेषणा

पुस १७ गतेदेखि सबै उडान पोखरा विमानस्थलबाट गर्ने बुद्ध एयरकाे घाेषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.