Sunday, May 10, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

यस वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने

खबरबिट by खबरबिट
05/06/2023
in मुख्य समाचार, समाचार
0
यस वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने
50
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।

पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ । पुल निर्माण तीनै तहबाट हुने भए पनि छुट्टाछुट्टै नभएर आपसी समन्वयमा हुने गरेको विभागको भनाइ छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

“स्थानीय तहले साना, प्रदेशले मध्य र सङ्घीय सरकारले लामा पुल निर्माण गर्दै आएको छ”, विभागका उपमहानिर्देशक अशोककुमार साहले भने, “सङ्घले ठूला तथा दुई वटा डाँडा जोड्ने वा प्राविधिक रुपमा कठिन र धेरै स्पान चाहिने पुल बनाउने गर्छ ।” एउटा पुल बनिसक्न कम्तीमा दुईदेखि तीन वर्ष लाग्छ ।

कुनै योजनामा बजेट परेपछि पहिलो वर्ष त्यसको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गरिने र खरिद प्रक्रिया सुरु हुने उनले बताए । पुल सानो भएमा खरिद प्रक्रियामा गएको एक वर्षमै र ठूलो भएमा दुई वर्षमै सम्पन्न गरिने छ । यस वर्ष ग्रामीण क्षेत्रमा बढी झोलुङ्गे पुल निर्माण गर्ने योजना छ । खासगरी कर्णालीको, सुदूर पश्चिम क्षेत्रमा बढी जोड रहेको उपमहानिर्देशक साहको भनाइ थियो ।

गत वर्षसम्म विभागले देशभरका तुइन विस्थापित गर्न प्राथमिकता दिएको थियो । अब तुइन हटाउनका लागि झोलुङ्गे पुल बनाउनुपर्ने भएको उनले जानकारी दिए ।

उपमहानिर्देशक साहले भने, “ पहिले पहिचान भएका सबै तुइनका ठाउँमा झोलुङ्गे पुल बनाइसकिएको छ ।” विभागले खासगरी ग्रामीण भेगका नागरिकलाई नदी वारपार गर्न सजिलो होस् भनी पुल निर्माण गर्दै आएको छ । झोलुङ्गे पुल बनेको केही वर्षभित्रै सडक पुल बन्ने ठाउँभन्दा पनि अझै केही वर्ष नबन्ने देखिएको स्थानलाई प्राथमिकतामा राखिएको विभागले बताउँदै आएको छ ।

चार पाँच वर्षमा नै त्यहाँ मोटर गुड्ने पुल बनाइने स्थानमा झोलुङ्गे पुलको औचित्य नभएको उपमहानिर्देशक साहले बताए । चालु आव र आगामी आवमा पनि अब तराईमा झोलुङ्गे पुलको योजना कम रहेको छ । काठमाडौँ उपत्यकामा भने त्यस्तो योजना नै छैन ।

Tags: Bannerअर्थ

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.