Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

सासू वारि, बुहारी पारि, बल्ल भयो भेट

खबरबिट by खबरबिट
08/06/2023
in अर्थ, प्रदेश खबर, मुख्य समाचार, समाचार
0
सासू वारि, बुहारी पारि, बल्ल भयो भेट
65
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो। यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ। तर, वास्तविकता त्यहीँ हो। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मा बस्ने सासू माइली थापा र इन्द्रावती गाउँपालिका–२ बस्ने बुहारी मैयाँ थापाको भेट हुन खोलाले छेक्यो। कारण– पुल नहुनु। तर, यो दूरीको वर्ष अब लम्बिएन। तीन वर्षदेखि वारिपारिको सम्बन्धलाई अहिले खोलामाथि बनेको पुलले जोडेको छ।

चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुल बनेपछि सासू–बुहारीको भेट भएको हो। भूगोलको दृष्टिले सासू माइली र बुहारी मैयाँको घरको दूरी त्यत्ति टाढा भने होइन। बुहारी मैयाँ थापाको घरबाट झन्डै एक घण्टा ओरालो झरेपछि झ्याँडी खोला पुगिन्छ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

त्यो खोला तरेर फेरि एक घण्टा उकालो चढेपछि सासू माइली थापाको घर पुग्न सकिन्छ। सर्सरी हेर्दा जम्मा दुई घण्टाको बाटो त हो नि भने झैं लाग्न सक्छ। तर, पनि यो तीन वर्षभित्रको अवधिमा यी सासू–बुहारीको भेट भने एकपटक पनि हुन सकेको थिएन।

झ्याँडी खोलामाथि पुल बनेर केही दिन अघिदेखि सञ्चालनमा आएपछि बल्ल यी सासू–बुहारीको भेट सम्भव भएको छ। ‘हामी सासू–बुहारीलाई आज यो पुलले भेट गराइदियो, ओठमा हाँसो र भरिएका गहभरीको आँसुसहित बुहारी मैयाँले भनिन्, “पुल नबनेको भए कुन जुगमा पो भेट हुन्थ्यो हाम्रो।” लामो समयसम्म सासू–बुहारीबीच भेट नहुनुको कारण खुलाउँदै मैयाँ भन्छिन्, “बाटो लामै त होइन, शारीरिक अवस्थाका कारणले दुई-तीन घण्टा हिँडेर भेट्न जाने आँट नै गर्न सकिएन।”

दुई वर्षअघि खाद्यान्न पिसानीका लागि नजिकैको मिलमा गएकी बुहारी मैयाँको दुर्घटना भयो। मिलको फित्ताले उनको खुट्टामा गहिरो चोट पुर्यायो। ९ महिनासम्म अस्पतालमा उपचार गराएकी उनको खुट्टा राम्रोसँग ठीक हुन सकेन। मैयाँ अहिले पनि राम्रोसँग हिँड्डुल गर्न सक्दिनन्। हिँड्डुल गर्न उनलाई साहारा चाहिन्छ।

Tags: Banner

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
Next Post
चार महिनादेखि काठमाडौंमा बन्धक

चार महिनादेखि काठमाडौंमा बन्धक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.