काठमाडौं । पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १०–१० रुपैयाँका दरले घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०-१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।
कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा आएको गिरावटका कारण अप्रिल १ बाट भारतले तेलको मूल्य घटाइसकेको छ ।