काठमाडौं । जीवराज ढकालको अध्यक्षतामा नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको नयाँ कार्यसमिति चयन गरिएको छ ।
शनिबार नयाँ बानेश्वरमा भएको नवौं केन्द्रीय अधिवेशनले ढकालको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको सह-अध्यक्षमा योगेस खत्री, बरिष्ठ उपाध्यक्षमा सुविन पौडेल, उपाध्यक्षमा सुवास कुमार के.सी. र तारा राई, महासचिवमा सुरेन्द्र कुमार बिष्ट तथा सचिवहरुमा सन्तोष बिक्रम साह, सुवास क.सी. र रमेस पौडेल चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा बद्रि आर्चाय र सह–कोषाध्यक्षमा संगिता कार्कि चयन भएका छन् । सदस्यहरुमा अनिल घिमिरे, संजय कुमार उपाध्याय, बिकास अधिकारी, रमा पराजुली, अमिृत थापा , दिपक भट्ट, ललन कुमार साह, प्रकाश न्यौपाने, संगिता पुडासैनी, लक्ष्मी श्रेष्ठ, बिन्दु क्षेत्री, तिर्थराज रेग्मी, बिज्ञान देवकोटा, संजन कुमार साह, मनोज महर्जन, ध्रुव पोख्रल, र सुनिल पंगेनि चयन भएका छन् ।
त्यस्तै परिषद प्रमुखमा बिनय के.सी., परिषद उप-प्रमुखमा सुनिता जोशी र केन्द्रीय महिला संयोजकमा गौरी पोख्रेल चयन भएका छन् ।