रामधुनी । सुनसरी जिल्लाकाे रामधुनी नगरपालिका-९ डुम्राहा स्थायी घर भएका स्व. विवेक चाैधरीकाे परिवालाई बीमा वापतकाे रकम प्रदान गरेकाे छ । चाैधरी राेजगारकाे शिलसिलामा साउदी अरबमा हुदाँ दुर्घटना परि ज्यान गएकाे थियाे ।
एक कार्यक्रम बीच विमितकाे परिवारलाई नगद/चेक सहित १४ लाख रूपैयाँ बराबरकाे म्यादी जीवन विमा वापतकाे रकम प्रदान गरेकाे आईएमई लाईफ ईन्स्यारेन्स झुम्का शाखाका प्रमुख विनाेदकुमार चाैधरीले जानकारी दिए ।
कार्यक्रममा आईएमई लाईफ ईन्स्यारेन्सका काेशी अञ्चल प्रमुख ओमप्रकाश राई, रामधुनी एफएमका अध्यक्ष रामकुमार चाैधरी, एजेन्सी म्यानेजर माेहन चाैधरी, जितेन्द्र चाैधरी लगायतले संयुक्त रुपमा स्वर्गीय चाैधरीकाे श्रीमती सपन चाैधरीलाई बीमा वापतकाे रकम १४ लाखकाे चेक हस्तान्तरण गरेकाे हाे ।
´दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई बीमा वापतकाे रमक प्रदान गरेका छाै,´अञ्चल प्रमुख ओप्रकाश राईले भने, ´यसले परिवारका सदस्य लगायत छाेराछाेरीकाे शिक्षा-दीक्षा आर्जनमा समेत निकै सहयाेग पुग्ने आशा लिएकाे छु,अापत विपतकाे समयमा निकै सहयाेग पनि पुर्याउछ ।´
वैदेशिक राेजगारकाे शिलशिलामा साउदी अरब पुगेका ३६ बर्षीय स्व. चाैधरीले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाख बराबरकाे म्यादी जीवन विमा गरेका थिए र उनकाे २०७७ (गत वर्ष)काे चैत्रमा साउदी अरबमा हुदाँ दुर्घटनामा परि मृत्यु भएकाे थियाे । उनकाे परिवारमा श्रीमती सहित एक छाेरी, एक छाेरा रहेका छन् ।