Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

मन्त्री कार्कीद्वारा बराहक्षेत्रमा एम्बुलेन्स हस्तान्तरण, रामधुनी र बराहक्षेत्रका सडक तथा विद्यालय भवन शिलान्यास

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
29/08/2021
in FEATURE 2, समाचार
0
मन्त्री कार्कीद्वारा बराहक्षेत्रमा एम्बुलेन्स हस्तान्तरण, रामधुनी र बराहक्षेत्रका सडक तथा विद्यालय भवन शिलान्यास
15
SHARES
369
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा करिब ३५ किलोमिटर कालोपत्रे सडक, खानेपानी आयोजना, विद्यालय भवनको शिल्यानास, नवनिर्मित पुलको उद्घाटन गरेका छन् । त्यसैगरी एम्बुलेन्स हस्तान्तरण समेत गरेका छन् ।

सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित मन्त्री कार्कीले शनिबार रामधुनी नगरपालिका वडा नं ४ बैठारदेखि बराहक्षेत्र नगरपालिका वडा नं ८ को जीतपुरहँुदै बराहक्षेत्र नगरपालिका वडा नं ६ को चक्रघट्टि बजार परिक्रमासहितको १८ कि.मि. कालोपत्रे सडक निर्माणको शिल्यनास गरेका हुन् । त्यस्तै रामधुनी ४ स्थित सेहराखोलादेखि रामधुनी मुल सडकहुँदै रामजानकी मन्दिर, माझी टोल, सिक्दार टोलहुँदै रामधुनी मन्दिरसम्मको करिब ७ किलोमिटर सडक स्तोरोन्नतीको शिल्यनास समेत गरेका छन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

रामधुनी ४ स्थित रामधुनी मुल सडकदेखि रामपुरा पथ्थरदेवा, पिडारी मुल नहर जोड्ने करिब ५ किलोमिटर सडकको शिल्यास तथा रामधुनी ४ स्थित मानपुरमा रामधुनी खानेपानी आयोजना शिल्यनास त्यस्तै बराहक्षेत्र ८ गलफडिया स्थित सुनसरी आदारभुत विद्यालयमा भवन, बराहक्षेत्र ८ दोबानमा निर्माण भएको पुलको उद्घाटन गरेका थिए । मन्त्री कार्कीले उनकै पहलमा भारतीय दुतावास मार्फत बराहक्षेत्र ६ आइतबारेमा निर्माण हुने भवनवारे छलफल र बराहक्षेत्र ११ मधुवनमा एम्बुलेन्स समेत हस्तान्तरण गरेका थिए ।

संघीय निर्वाचनमा मन्त्री कार्कीको चुनावी नाराको रुपमा रहेको बैठारदेखि चक्रघट्टिको सडक तथा शिल्यास भएको खानेपानी भवन र अन्य सडकहरु नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन ईकाई मार्फत निर्माण हुनेछन् । बैठारदेखि चक्रघट्टिसम्मको सडक कालोपत्रे निर्माणको जिम्मेवारी पुष्पाञ्जली तथा जोया ब्रोदर्श निर्माण सेवाले २१ करोडमा लिएका छन् । पहिलो वर्ष ८ किलोमिटर बन्ने सडक अर्को वर्ष बाँकी निर्माण हुनेछ । २१ करोडमा निर्माण हुने ८ किलोमिटर कालोपत्र सडक १५ महिना भित्रमा योजना सम्पन्न गराइसक्नुपर्ने शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण बिभाग संघीय योजना कार्यान्वयन ईकाईका निर्देशक कुमार घिमिरेले बताए ।

मन्त्री कार्कीको विशेष पहलमा शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन ईकाईको वार्षिक योजनामा सडकको, खानेपानीको योजना परेकाले विशेष महत्त्व दिएर योजना सम्पन्न गरिने निर्देशक निरौलाले बताए । त्यस्तै बराहक्षेत्र ८ को दोबान स्थित सुनसरी खोलामा मन्त्री कार्कीको पहलबाट संघीय योजना अनुसार ६० लाख रुपैयाँमा निर्माण भएको लम्बाइ ४८ मिटर र चोडाई १५० सेमिको पुल कार्कीले उदघाटन गरेका छन् । पुल निर्माण समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार मन्त्री कार्कीको विशेष पहलबाट पुल निर्माण भएको हो । मन्त्री कार्कीलाई बस्नेतले बडा नं ८ को बिमिरागाछि हुँदै बानसम्म र पुल्लाहादेखि थापा चौकसम्मको सडक कालोपत्रे गर्ने माग समेत राखेका थिए ।

शिल्यनास पछि बैठार चौकमा आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताको सेवा गर्न मन्त्री भएको भन्दै विकास बिनाको राजनीति जनताकालागि धोका हुने बताएका थिए । म जे बोल्छु त्यो गर्छु । जुटको राजनिती म गर्दिन , उनले भने, म निर्वाचन जित्न मात्र सांसद भएको होइन, जनताको भलो र विकास गर्न लागि पर्छु । शिलान्यास भएका विकास निर्माणका योजनाहरु सफल पार्नका लागि पर्ने स्थानीयवासिलाई आग्रह समेत मन्त्री कार्कीले गरेका थिए । अधिवेशन समयमै हुने दाबि गरेका सरकारका प्रवक्ता समेत रहेका कार्कीले सरकारले चाँडै पूर्णता पाउने दाबी गरेका थिए ।

कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले मन्त्री कार्की बोलेको कुरा पूरा गर्ने नेता भएको दाबि गरे । चौधरीले नेपालकै विकासप्रेमि नेताको रुपमा कार्कीलाई लिएको बताउँदै ४ वर्षमा रामधुनीले विकासमा गति लिएको दाबि समेत गरेका थिए । त्यस्तै कोशि गाउँपालिका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका क्षेत्र नं ४ सभापति एयुव अन्सारीले मन्त्री कार्की विकास प्रेमी नेताको रुपमा स्थापित भएको दाबि गरे ।

Tags: एम्बुलेन्स हस्तान्तरणज्ञानेन्द्रबहादुर कार्कीबराहक्षेत्ररामधुनीशिलान्यास

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
पूर्वी तराईका थारु समुदायले रैब पर्व मनाउँदै

पूर्वी तराईका थारु समुदायले रैब पर्व मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.