काठमाडौं । सुमी मोक्तान र बिजु पार्कीको जोडीले हिमालय टेलिभिजन एचडीको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछाडी पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो ।
फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ ।
आईएमई एप्समार्फत दर्शकले गरेको भोटिङ्गका आधारमा विजेता चयन गरिएको हो । बिजेता जोडीले २० लाख नगदिहपत अन्य पुरस्कार पाएका छन् ।
शो डान्सिङ्ग विथ द स्टार्सको प्रशारण सकिएपछि अब हिमालय टेलिभिजन एचडीले अर्को रियालिटी शो द भ्वाइस अफ नेपाल प्रशारण गर्ने छ । द भ्वाइस अफ नेपालको अहिले अडिसन चलिरहेको छ ।