Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

चलचित्र ‘अभियान’को शुभ मुहर्त सम्पन्न, आजबाट फ्लोरमा

खबरबिट by खबरबिट
30/03/2021
in रंग
0
10
SHARES
261
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । कोशी भिजनको ब्यानर र निर्माणमा ‘अभियान’ चलिचित्रको शुभ मुहर्त सम्पन्न भएको छ ।

फिल्मका मुख्य कलाकार, प्राविधिक, निर्माता, निर्देशक तथा केही फिल्मकर्मीहरूको माझ सुनसरीको इटहरीस्थित एक गुम्बामा मुहर्त गरिएको हो । मुहर्त कार्यक्रममा चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगायतको समेत उपस्थिति रहेको थियो ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

ऎतिहासिक तामाङ थाकथलो (किपट) को कथामा बन्ने फिल्मको मुख्य भूमिकामा जयानन्द लामा, दिनेश कोईराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई र कुमारी मेयाङ्बो देखिदै छन् ।

शुभ मुहर्त सम्पन्न पश्चात् फिल्म यहि चैत्र १७ गतेदेखी फ्लोरमा जाने भएको छ । फिल्मको छायांकन रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे र ईलाममा हुनेछ । फिल्मलाई लेखन तथा निर्देशन लाखमान योन्जन तामाङले गर्दैछन् । उनका अनुसार नयाँपिढिलाई अरुको अधिकारमाथी हनन नहुनेगरि आफ्नो अधिकार माग्नलाई सिकाउने फिल्म बनाउन लागेको हो ।

लाखमानले बिगत लामो समयदेखि प्रदेश १ मै बसेर फिल्महरु निर्माण, निर्देशन तथा कथा लेखनको कार्य गरिरहेका छन् । फिल्मलाई सुमन तामाङले छायांकन गर्नेछन् भने सम्पादन हेमन तामाङको रहने छ । यस्तै फिल्ममा २ गीत समाबेश हुनेछन् । जसमा जोनि योन्जन, कुन्दन राई, छेवाङ योन्जन तामाङको संगीत रहनेछ । गीतलाई सुरज रौनियारले गाउनेछन । यसअघि तामाङले पहिलो चलचित्र २०४९ मा तामाङ सस्कृतिमा आधारित ‘रिमठिम’ निर्माण गरेका थिए ।

यस्तै सगुन (पोङ) महायान बौद्ध धर्ममा आधारित ‘नाङसाल’ संगै नेपाली कथानक फिल्म ‘मङोलियन हर्ट’, झरना थापालाई लिएर ‘झिल्के’, बुद्धि तामाङलाई लिएर ‘राम साईली’ निर्माण गरिसकेका छन् । राम साईली भने प्रदर्शनको पर्खाईमा छ । गीत, पोस्टर र ट्रेलर सार्वजनिक भैसकेको यो फिल्म यसअघि नै प्रदर्शन गर्ने भनिएको थियो । तर कोरोना महामारीका कारण पछाडी धकेलिएको हो ।

Tags: अभियानचलचित्ररंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
अब अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.