गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छन् ।
गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ भने संगीत गायक भुवन प्यासीको नै रहेको छ । गीतमा एरेन्ज राजेन्द्र बजगाईको रहेको छ ।
कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ । वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताए । सुर सङ्गीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।
चितवनमा नै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गायक प्यासीले गीत आफ्नो अफिसियल यूट्युब च्यालन मार्फत सार्वजनिक गरेका हुन् ।