Mon 2025, Jul
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    छिमेकीको जग्गा हडपेर निवर्तमान मेयर द्वारिकलालद्वारा माछापालन

    खबरबिट by खबरबिट
    प्रकाशित मिति : २०७९ कार्तिक २ गते, १८:३१ बजे
    106
    SHARES
    ShareTweetSubscribe

    इटहरी । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरीले छिमेकीको जग्गा हडपेर माछापालन गरेको पाइएको छ । उनले छिमेकीको करिब एक कठ्ठा जग्गा खनेर माछा पालन गरिरहेको जग्गा धनीको आरोप छ । पत्रकार सम्मेलन गर्दैै जग्गाधनी प्रदीपकुमार खतिवडाको परिवारका सदस्य कसैलाई नसोधी चौधरीले जग्गा खनेर माछा पालन गरेको आरोप लगाए ।

    खतिवडाको नाममा रहेको इटहरी १७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नं. ६०६ को जग्गा चौधरीले करीब दुई महिनाअघिदेखि हडपेर माछा पालन गरिरहेको परिवारले जनाएका छन् । पीडित परिवारले आफूहरुमाथि शक्तिको आडमा दमन भएको बताएका छन् ।

    उपमहानगरपालिकामा निवेदन गरिएकाे पत्र

     

    घर इटहरी ४ मा भएकाले घरमै बस्दा खासै सो जग्गामा आउने नगरेको खतिवडाको भनाई छ । अन्य व्यक्तिहरुले सोधेपछि मात्र आफूहरुलाई थाहा भएको र आश्चर्यमा परेको उनले बताए । ‘हामीले यो विषयमा पटकपटक वहाँलाई भन्यौं, तर बेवास्ता गरेपछि अहिले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न बाध्य भयौं,’ पीडित खतिवडाले भने, ‘हामीलाई नसोधी आफ्नै मनखुसी अरुको जग्गा खन्न कसरी पाइन्छ ?’

    खतिवडाले गत २०६३ सालमा नै द्वारिकलालका बुवा नाथुराम चौधरीबाट जग्गा खरिद गरेका थिए । अहिले कसैलाई नसोधी आफ्नो जग्गामा माछा पालन गरेपछि पीडितले न्याय माग गरिरहेका छन् ।

    इटहरी उपमहानगरपालिकामा गत २७ भदौमा नै निवेदन समेत दिएको पीडित प्रदीपका छोरा अनमोल खतिवडा बताउँछन् । सोही दिन उपमहानगरले पत्र काटेर स्पष्टीकरण सोधेपनि चौधरीले कुनै पनि किसिमको जवाफ दिएका छैनन् ।

    स्पस्टीकरण साेधिएकाे पत्र
    स्पस्टीकरण साेधिएकाे पत्र

    ‘जग्गा हडपेपछि हामीले इटहरी उपमहानगरपालिकामा निवेदन पनि हाल्यौँ, मेयरमार्फत गत २७ भदौमा पत्र पठाइयो उहाँले पत्र बुझ्न मान्नुभएन’ छोरा अनमोलले भने, ‘घडेरी जग्गा भएकाले हामी बेलाबेला मात्रै जग्गामा जान्थ्यौँ ।’ पीडितले भने पहिलेकै जस्तो पुरिदिन माग राखेका छन् ।

    चाैधरीद्वारा माछा पालन गरिएकाे जग्गा

    निवर्तमान चौधरी भने खन्ने क्रममा केहीफिट परेको होला, फुर्सदमा बनाइदिने बताउँछन् । ‘खेत त्यहीँ छ, कहीँ गएको छैन । खन्नेक्रममा अलिअलि उनीहरुको पर्योहोला,’ उनले भने, ‘फुर्सदमा पुरिदिने भनिराछु ।’

    चौधरी इटहरी उपमहानगरपालिकाको मेयर हुँदा पटकपटक विवादमा आइरहन्थे । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भई इटहरीको मेयर बनेका चौधरी हाल गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यको उमेदवार समेत हुन् । उनी केही दिन हप्ता अगाडि मात्रै नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

    Tags: इटहरी उपमहानगरपालिकाद्वारिकलाल चौधरीप्रदीपकुमार खतिवडा
    ADVT
    अगाडिकाे पाेस्ट

    प्रहरी महानिरीक्षक गिरीद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

    अर्काे पाेस्ट

    बाल कलाकार आचार्यको बौद्धिक चोरी भएकोमा उपमहागनरपालिकाको गम्भिर आपत्ती

    सम्बन्धित Posts

    समाचार

    गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

    by खबरबिट
    प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, १५:२५ बजे
    0

    इटहरी / केही दिन यता...

    समाचार

    इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

    by खबरबिट
    प्रकाशित मिति : २०८० फाल्गुन १८ गते, ८:२० बजे
    0

    इटहरी स्थित बुढी जमुना मुक्तीघाटमा...

    इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने

    प्रकाशित मिति : २०८० माघ २७ गते, १८:१० बजे

    इटहरी बजार अनुगमन : एक मासु पसलमा ताला, अधिकांश मिठाई पसलमा बासी र फोहोर

    प्रकाशित मिति : २०८० साउन ४ गते, १६:३७ बजे

    नियम विपरीत बनेका संरचनामा इटहरी उपमहानगरको डोजर

    प्रकाशित मिति : २०७९ माघ १३ गते, १८:०६ बजे

    पौष मसान्तसम्म कर चुक्ता गर्ने इटहरीका करदाताहरुलाई विशेष छुट (सूचनासहित)

    प्रकाशित मिति : २०७९ पुस २२ गते, १७:५३ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    FEATURE

    भोजपुरमा एकै परिवारका चार जनाको हत्या

    by खबरबिट
    प्रकाशित मिति : २०८२ असार २२ गते, ९:०४ बजे
    0

    सबै पढ्नुहाेस्

    रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

    प्रकाशित मिति : २०८२ असार १५ गते, १२:३४ बजे

    आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

    प्रकाशित मिति : २०८२ असार ५ गते, ९:०६ बजे

    साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

    प्रकाशित मिति : २०८२ असार २ गते, १८:३८ बजे

    कोशी प्रदेशकाे बजेट ३६ अर्ब

    प्रकाशित मिति : २०८२ असार २ गते, ९:१६ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

      0 shares
      Share 0 Tweet 0
    • ‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

      0 shares
      Share 0 Tweet 0
    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।