इटहरी । भारतिय रियालीटि शो सारेगम लिटल च्याम्सका सेकेन्ड रनरअप रहेका बाल कलाकार प्रितम आचार्यको बौद्धिक चोरी भएकोमा इटहरी उपमहागनरपालिकाले गम्भिर आपत्ती जनाएको छ ।
‘इटहरीका सद्भावना दुत प्रितम आर्चायको भनि १ कार्तिमा राति काठमाडौंको एक किंस लाउन्ज एण्ड बारमा आर्चायको उपस्थिति विना नै उनको नाम लगाएर अर्को व्यक्तिलाई उभ्याएको छ ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगरले गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय सुनसरी र काठमाडौंलाई समेत बोधार्थ पठाएको छ । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एक प्रस विज्ञप्ती जारी गर्दै प्रतिमको बैदिक चोरी भएको आपत्ती जनाएको छन् ।
‘त्यस्तो कार्य गरेकोमा इटहरी नगरको गम्भिर ध्यानाकर्षण भएको छ ।’ सम्बन्धित व्यक्तिको उपस्थिति बिनै उनको नाममा अर्को व्यक्ति उभ्याउनु गम्भिर बौद्धिक चोरी भएको नगरको निकर्ष रहेको छ ।