समुदायस्तरमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै रामधुनी नगरपालिकाले एक साताका लागि लकडाउन घोषणा गरेको छ ।
शनिबार रामधुनीका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि बसेको नगर कार्यपलिकाको बैठकले नगरका साप्ताहिक हाट तथा व्यापार व्यवसाय पूर्णरुपमा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै हाट, व्यापार पूर्णरुपमा बन्द गर्ने र अत्यावश्यक बाहेक नगरपालिका तथा वडा कार्यालहरुको सेवा समेत बन्द गर्ने निर्णय भएको जनाएको हो ।
रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक जना पुरुषमा शनिबार काेराेना संक्रमण देखिएकाे थियाे । उनी केही दिन अगाडि भारतबाट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ ।