बराहक्षेत्रका एक व्यापारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ कोरोना भाइरस संक्रमण समुदाय तहमा फैलिनसक्ने ठाउँ सर्वसाधारणको बढी सम्पर्कमा रहने बजारका पसलहरु पनि हुनसक्ने भएकाले बराहक्षेत्रमा रहेको पसले व्यापारीहरुको पिसिआर परीक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
बराहक्षेत्र नगरपालिकाले बिहीबार नगरको ११ वडाका पसलका ४१ जना सञ्चालकहरुका पीसीआर परीक्षण गरेको थियो । उक्त ४१ मध्ये बराहक्षेत्र वडा नम्बर ८ घर भएका १ जनालाई पोजेटिभ देखिएको बराहक्षेत्र स्वास्थ शाखा उमेश मेहताले बताए ।
उनले बिहीबार चेक गरेका मध्ये बराहक्षेत्र वडा नम्बर ६ चक्रघटिका एक व्यापारी लाई पोजेटिभ देखिएको बताए ।
कोरोना संक्रमित व्यक्तिलाई उपचारको लागि धरान कोभिड हस्पिटल लगिएको मेहताले जानकारी दिए ।