Wednesday, November 12, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

नयाँटोलवासीको गुनासो, ‘प्रहरीको ज्यादती बढ्यो’

आर.बी. कटवाल by आर.बी. कटवाल
08/08/2020
in FEATURE, स्थानीय
0
नयाँटोलवासीको गुनासो, ‘प्रहरीको ज्यादती बढ्यो’
999
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी १८ नयाँटोल (चोक) का स्थानीयहरुले प्रहरीकाे ज्यादती बढेकाे आरोप लगाएका छन् ।

बिहीबार राति ८ बजेतिर इलाका प्रहरी कार्यालय कान्छिचोकबाट आएका प्रहरीले आफूहरुलाई धम्क्याउनुका साथै अपशब्द समेत बोलेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार केहीबेर विवाद समेत भएको थियो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

उनीहरूका अनुसार राति लाइन गएको समयमा गर्मीले गर्दा बाहिर घर बाहिर बसेको अवस्थामा प्रहरी आएर एक्कासी ठूलो स्वरमा धमक्याउँदै भित्र जान भनेका थिए । गर्मी भएकाले केही समय बाहिर बसेर भित्र जाने भन्दै गर्दा प्रहरीले थर्काउन थालेको स्थानीय अष्टमाया राईले बताइन् । नयाँटोल चोकमा पसल व्यवसाय गरेर बसेपनि पसलभित्रबाटै सुत्न जानुपर्ने, कसैको पसलमै सुत्नुपर्ने भएको र केहीबेर बाहिर बस्दा प्रहरीहरुले ज्यादती गरेको उनको भनाइ छ ।

‘पसल लगभग बन्द भइसकेको थियो । कोही पनि ग्राहक थिएनन् । खानाबनाउँदैथिए । बिजुली थिएनं’ उनले भनिन्, ‘तर प्रहरीले एक्कासी आँखाआँखामा लाइटको प्रकाश देखाउँदै थर्काउन थाले । हामीले केही बेरमै बन्द गरेर सुत्छौं भन्दा अपशब्दहरु समेत बोले ।’

सर्वसाधरणसँग प्रहरीले गरेको व्यवहार हेर्दा सँधै त्रासमा बस्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । महिला (मलाई)लाई गाली गर्दा र थर्काउँदा किन यस्तो गरेको भनेर साेध्दा छोरालाई पनि थर्काएको, हत्कडी लगाउने भन्दै धम्काएको मायादेवी श्रेष्ठले बताइन् ।

केही एक दुईजना बाहेक सबैले मास्क लगाइरहेको अवस्थामा मास्क किन नलगाएको भन्दै थर्काउने प्रहरीले नै मास्क नलगाएको स्थानीयको भनाइ छ । ‘हामीलाई हाम्रो ज्यानको माया छ । लकडाउन छ, हामी पनि सचेत छौं,’ तर मास्क कै विषयमा हामीलाई कराउँदा प्रहरीले मास्क लगाउनु पर्दैन ?’ मायादेवीले भनिन्, ‘राति बाहिर बसिरहनु हाम्रो रहर पनि होइन । सुत्ने ठाउँ नै सटरबाट भित्र जानुपर्छ । पंखा नचल्ने भएको हुँदा एकछिन बाहिर बसेका थियौं ।’

मायादेवीका छोरा दीपेश श्रेष्ठले पनि महिलाहरु र आफूलाई पनि हप्काएको गुनासो गरे । ‘गाडीमा महिला प्रहरी पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘कम्तिमा महिलाले नै सम्झाएको बुझाएको भए हुन्थ्यो ।’

स्थानीय नै सचेत छैनन्, यदी प्रहरीबाट त्यस्तो भए हामी सम्झाउँछौं : इन्स्पेक्टर अधिकारी

उता इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश कुमार अधिकारीले भने यदी घटना त्यस्तै भएको हो भने सो कार्य गर्ने प्रहरीलाई सम्झाउने बताएका छन् । त्यो सँगै प्रहरी भन्दा पनि स्थानीय कै कारण विवाद भएको उनले बताए । ‘सो ठाउँका स्थानीय नै सचेत छैनन् । हामीले हरेक पटक भिडभाड नगर्न अनुरोध गर्छौ,’ उनले भने, ‘तर त्यहाँ हरेकपटक भिडभाड हुन्छ । होहल्ला समेत हुन्छ । सम्झाउन खोज्दा उल्टै प्रहरीमाथी झम्टिन खोज्छन् ।’

आगामी दिनमा सोही कार्य स्थानीयले दोहो¥याए हामी थप कडा बन्नुपर्ने र सोसहित अन्य केही ठाउँमा थप निगरानी गर्ने उनको भनाइ छ । लकडाउनको समयमा सबैजना सचेत बन्नुपर्ने प्रहरीले जनाएको छ ।

Tags: प्रहरीको ज्यादतीलकडाउनविवाद

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
दुबै मृगौला खराब भएपछि प्रत्यारोपण गर्न समस्या

दुबै मृगौला खराब भएपछि प्रत्यारोपण गर्न समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.