रामधुनी । रामधुनी ५ की कल्पना श्रेष्ठको दुबै मृगौलामा समस्या देखिएपछि प्रत्याराेपण गर्न परिवारलाई समस्या परेकाे छ।
केही महिना पहिला टिचिंग अस्पताल काठमाडौंमा दुबै मृगौला खराब भएको पत्ता लागेको थियो ।
पछिल्लो समय नोबेल अस्पताल विराटनगरमा साताको दुईपटक डाइलासिस गरिरहेको कल्पनाका श्रीमान सुरेन्द्र श्रेष्ठले बताए । पूर्वराष्ट्रिय खेलाडी समेत रहेका सुरेन्द्र यतिबेला श्रीमतीको उपचार खर्च जुटाइरहेका छन् ।
चिकित्सकले प्रत्यारोपन गर्नुपर्ने बताएपछि त्यसको तयारीमा खर्च संकलन गर्न थालेको उनको भनाइ छ । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएकाले र मध्यम वर्गको परिवार भएकाले सम्पूर्ण रकम जुटाउन समस्या भएको उनले बताए ।
लामो समयदेखिको लकडाउनले व्यापार समेत नभएकोले यतिबेला श्रेष्ठले साथीभाइ, आफन्त तथा बैंक तथा वित्तीय संस्थासँग सापटी, सहयोग र ऋण संकलन गरिरहेका छन् ।
सुरेन्द्रले माया स्वरुप सहयोगी हातहरुको सहयोगलाई स्वस्फुर्त स्वीकार गर्ने बताए । ‘व्यापार ठप्प हुँदा धेरै कठिनाइ भइरहेको र त्यही व्यापारले दैनिकी चल्दै आएको हुनाले अहिले उपचार गर्नलाइ आर्थिक समस्या भए पनि गर्दैनै छु,’ उनले भने, ‘तर माया गरि चिने जानेको र म सुरेन्द्र भनेर कसैले सहयोगी भावना देखाएर केही सहयाेग गर्न खोज्दा स्वीकार भने गर्नेछु ।’
सुरुसुरुमा सहयोग वा सापटी दिनेहरुलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदा उनलाई केही व्यक्तिले सो रकमलाई चन्दा भनेको प्रति उनको असन्तुष्टि छ । उनले सो रकम कुनै चन्दा नभएको र स्वस्फूर्त रुपमा सापटी तथा सहयोग दिइरहनुभएको स्पष्ट पारे ।