बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा १२ जनामा कोरोना पोजेटीभ देखिएको छ ।
गत बुधवार २० जनाको पिसिआर परीक्षण गरिएकोमा १२ जनालाई कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।
मेहताका अनुसार होम क्वारेन्टाइनमा बसेका ३ जना र मधुवन क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएको सबैलाई चतरास्थित आइसोलेसनमा पठाएको उमेशले बताए । मधुवन क्वारेन्टाइनमा २ जना मात्रै रहेको निरीक्षक मेहताले बताए ।