रामधुनी । सुनसरीको रामधुनी झुम्कामा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छन् ।
शुक्रबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको को ३६ प ४७०३ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय २६ वर्षीया सीता बस्नेत ठक्कर दिएको थियो ।
बाटो कट्ने क्रममा रामधुनी ५ की बस्नेतलाई मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय पकली (कान्छीचोक)का इन्स्पेक्टर कैलाश अधिकारीले बताए ।
उपचारका लागि उनलाई बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएको र घाइतेकाे अवस्था गम्भीर रहेकाे अधिकारीले जानकारी दिए ।
ठक्कर दिने चालक र मोटरसाइलकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।