रामधुनी । झुम्का जेसीज वर्ष २०२१ को अध्यक्षमा बलराम चौंलागाई निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदकी दावेदार आशा चौधरीलाई १ मत अन्तरले पराजित गर्दै चौंलागाई झुम्का जेसीज वर्ष २०२१ को अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसै गरि कार्यकारी उपाध्यक्षमा सरोज कोइराला र सागर पराजुली सर्वसम्वत चयन भएका छन् । उपाध्यक्ष पदमा तारा भट्टराई, रोहित नेपाल, कमल कुमार साह र किरण चापागाई निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदका लागि ७ जनाले उम्मेद्वारी दिएका थिए ।