Sat 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    सुनसरी कांग्रेसमा विवाद : निर्णयसहित पठाइएका सक्रिय सदस्यको नाम आफूखुसी हटाइएको आरोप

    आर.बी. कटवाल by आर.बी. कटवाल
    प्रकाशित मिति : २०७८ बैशाख २८ गते, १९:१२ बजे
    123
    SHARES
    ShareTweetSubscribe

    रामधुनी । सुनसरीमा नेपाली कांग्रेसको सक्रिय सदस्यको विषयमा विवाद बढ्दै गएको छ । नयाँ सक्रिय सदस्यको नाम सुनसरीका केही क्षेत्रका सभापतिले आफूखुसी हटाएर केन्द्रमा पठाउँदा भएको विवाद यतिबेला बढ्दै गएको हो ।

    कतै निर्णय गरेर पठाइएका अधिकांश नाम हटाइएको छ भने कतै आवश्यक्ता भन्दा धेरै नाम थपिएको विषयमा यतिवेला सुनसरी कांग्रेसमा विवाद चुलिँदै गएको हो ।

    आसन्न १४औं महाधिवेशन लक्षित कांग्रेस केन्द्रीय समितिले नयाँ सक्रिय सदस्यको नामावली पठाउन निर्देशन दिएको थियो । गत १५ वैशाखभित्र नामावली पठाइसक्नुपर्ने निर्देशन अनुसार नामावली वडा तथा नगर समितिले क्षेत्रीय सभापतिलाई बुझाएको थियो । सबै नगर, गाउँ तथा वार्डबाट नामावली समेत गएको र अहिले वेबसाइटमा सबै नाम नआएपछि यतिबेला वडा तथा नगर समिति असन्तुष्ट बनेका छन् ।

    गाउँ, नगर तथा सामाजिक सञ्जालमा समेत यतिबेला यो विषयमा चर्चा हुन थालेको छ । वडा तथा नगरसभापतिका अनुसार पठाइएको नामावली वेबसाइट (सिस्टम)मा अपडेट गर्ने अधिकार क्षेत्रीय सभापतिलाई हुन्छ । सभापतिले आफूखुसी नाम अपडेट गरेको नेताहरुको आरोप छ ।

    रामधुनीबाट अधिकांश नयाँ सदस्यको नाम हटाइयो
    सुनसरीको रामधुनी नगरपालिकाका केही वडाबाहेक सबै वडाबाट पठाइएका अधिकांश नामहरु क्षेत्रीय सभापतिहरुले आफूखुसी हटाएर पठाएको कांग्रेस नगरसमितिले आरोप लगाएको छ । रामधुनी ५ मा १३२ जना नयाँ सदस्यको नाम पठाइएकोमा १६ जनाको मात्र नाम आउँदा आश्चर्यमा परेको नगर सभापति सुदिप अधिकारीले जानकारी दिए ।

    ‘जस्तो निर्देशन आयो त्यसैगरी हामीले सबै वार्ड समितिमार्फत निर्णय गरेर समावेशी ढंगले नयाँ सक्रिय सदस्यको नामावली पठाएका थियौं,’ उनले भने, ‘तर रामधुनीबाट गएका अधिकांश नाम हटाइएका छन् ।’

    उनका अनुसार रामधुनी नगरपालिका वार्ड नम्बर १ बाट ५६ जनाको नाम पठाइएकोमा ४४ जनाको मात्र अपडेट गरिएको छ । त्यसैगरी वार्ड २ मा ३२ जनामा १७, वार्ड ३ मा ८७ जनामा ७० जना, वार्ड ४ मा ११८ मा ७४, वार्ड ५ मा १३२ मा १६, वार्ड ८ मा ८८ मा ४८ र वार्ड ९ मा ७५ मा ४१ जनाको मात्र नाम अपडेट गरि बाँकी नाम आफूखुसी हटाइएको छ । वार्ड ६ र ७ को नामावली भने हालसम्म अपडेट भएको छैन ।

    ‘भइरहेको नेतृत्वलाई अधिवेशनले स्थापित गर्ने लगायतका विषय अधिवेशनले तय गर्ने हो तर यसरीले आपसी कब्जा हुने हो भने भोलिका दिनमा कस्तो नेतृत्व पाउँछ ?’ अधिकारीले खबरबिटसँग भने, ‘पार्टी भित्र विवाद आउनु राम्रो विषय होइन, क्षेत्र र जिल्लाले यस विषयलाई चाँडै हल गर्नुपर्छ ।’

    अन्य क्षेत्रमा समेत उस्तै
    त्यसो त विवाद रामधुनीमा मात्र हैन । जिल्लाका अन्य क्षेत्रमा समेत उस्तै छ । सुनसरी क्षेत्र नम्बर ३ अन्तरगत पर्ने इटहरीका वडामा समेत उस्तै विवाद छ । त्यस्तै दुहवी क्षेत्रका वडामा समेत क्रियाशिलताको विवाद अझै नसुल्झिदाँ समस्या देखापरेको कांग्रेस कार्यकर्ताको आरोप छ ।

    कांग्रेस इटहरी उपमहानगर समितिले प्रत्येक वडामा पुरानो नवीकरणको ७५ प्रतिशत नयाँ फारम वितरण गरेपनि सबै वडाहरुमा निर्धारित संख्या भन्दा बढी क्रियाशिल पाइएपछि विवाद उत्पन्न भएको इटहरी १० का कांग्रेस वडासभापति प्रकाश कोइरालाले बताए ।
    उनका अनुसार सामान्यतयाः क्रियाशिल वितरण गर्नुपूर्व वडासभापतिसँग समन्वय गर्नुपर्ने हुन्छ । तर, इटहरीका अधिकांश वडामा भने वडा समितिका सभापतिको जानकारी बिना नै यसरी फारम वितरण गरिएपछि केही वडाका सभापतिहरुले आपत्ति जनाएका छन् ।

    कोइरालाले आफूलाई दिएको फारम भन्दा बढी फारम अनलाइनको माध्यमबाट भरिएपछि विवाद उत्पन्न भएको बताए ।

    त्यस्तै बराहक्षेत्र ११ मा वार्ड समितिले पठाएको सबै नाम हटाएर आफूखुसी नाम हालेको, इनरुवाका केही वार्डमा एकै वार्डमा ५/६ सय सक्रिय सदस्य बनाइएको लगायतका विषयमा वार्ड तथा नगर कार्यसमितिका नेता यतिवेला असन्तुष्ट बनेका छन् ।

    यस किसिमको विवादले भोलिका दिनमा कांग्रेस सुनसरीको अवस्था कस्तो हुन्छ भन्ने विषयमा सबैले ध्यान दिएर यस विवादलाई अन्त्य गर्नुपर्ने र यसलाई सच्याउनुपर्ने विवादित वडा तथा नगरका नेताहरुको भनाइ छ । यस विषयमा जिल्ला समिति तथा क्षेत्रीय सभापतिहरु जवाफदेही हुनुपर्ने उनीहरुको भानाइ छ ।

    उपमहानगर समितिसँग छानबिनको माग
    विवाद चुलिँदै गएपछि इटहरीका वडा समितिहरुले यस्ता विवादमा निष्पक्ष छानबिन गर्नका निम्ति इटहरी उपमहानगर समितिलाई ज्ञापन पत्र बुझाएर छानविन गर्न समेत माग गरेका छन् । क्रियाशिल वितरणमा एकलौटी भएका कारण निष्पक्ष छानबिन हुनुपर्ने मागसहित नगरमा पत्र बुझाइएको इटहरी ८ का कार्यवाहक सभापति जसवन्त चौधरीले बताए ।

    नाम छुटेको हो, सबैको आउँछ : क्षेत्र ४ सभापति अंसारी
    यो विवादको विषय नभएको सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुब अन्सारीले प्रतिक्रिया दिए । उनले आत्तिनुपर्ने विषय नरहेको र नाम सबैको आउनेमा ढुक्क रहन आग्रह गरे । ‘आत्तिनु पर्ने केही छैन’ उनले भने, ‘नाम छुटेको हो, सबैको नाम इन्ट्री हुन्छ ।’ उनले यस विषयमा आफूलाई कसैले पनि जानकारी नगराएको बताए ।

    क्षेत्रीय सभापति जवाफदेही हुनुपर्छ : जिल्ला सभापति कोइराला
    नेपाली कांग्रेस जिल्ला सभापति राजिव कोइरालाले यो विषयमा क्षेत्रीय सभापति जवाफदेही हुनुपर्ने बताए । विवाद सुल्झाउन जिल्लाले पनि समन्वयात्मक भूमिका खेल्ने उनको भनाइ छ । ‘यस विवादमा जिल्ला भन्दा पनि क्षेत्रीय सभापति जवाफदेही हुनुपर्छ’ उनले भने, ‘विधान अनुसारको छानबिन समिति पनि छ, अब यस विवादलाई सुल्झाउन पहल गर्छौ ।’ उनले आजबाटै छलफल गर्न सुरु गरिसकेको र हालको निषेधाज्ञाले प्रत्यक्ष रुपमा छलफल गर्न समस्या भएको बताए ।

     

    याे पनि : स्वास्थ्य मापदण्ड अपनाउन रामधुनी कांग्रेसको आग्रह

    Tags: नेपाली कांग्रेसरामधुनीविवादसक्रिय सदस्यसुनसरी
    ADVT
    अगाडिकाे पाेस्ट

    स्वास्थ्य मापदण्ड अपनाउन रामधुनी कांग्रेसको आग्रह

    अर्काे पाेस्ट

    इटहरीमा जेठ ४ गतेसम्म लम्बियो निषेधाज्ञा (विज्ञप्तीसहित)

    सम्बन्धित Posts

    FEATURE

    गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

    by खबरबिट
    प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते, १७:०८ बजे
    0

    रामधुनी / केही दिन यता...

    रंग

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    by खबरबिट
    प्रकाशित मिति : २०८१ बैशाख २५ गते, २०:३४ बजे
    0

    रामधुनी । र्‍याप गीत गायनमा...

    स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा नगद तथा खाद्यान्न सहयोग

    प्रकाशित मिति : २०८० फाल्गुन २६ गते, १३:३३ बजे

    इनरुवाबाट एक करोड ८२ लाख रुपैयाँ नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

    प्रकाशित मिति : २०८० माघ २९ गते, १८:४१ बजे

    लागूऔषध गाँजासहित २ जना पक्राउ

    प्रकाशित मिति : २०८० पुस २३ गते, १७:०९ बजे

    रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

    प्रकाशित मिति : २०८० असार ६ गते, ७:०३ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।