Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरी कांग्रेसमा विवाद : निर्णयसहित पठाइएका सक्रिय सदस्यको नाम आफूखुसी हटाइएको आरोप

आर.बी. कटवाल by आर.बी. कटवाल
28/05/2021
in FEATURE, मुख्य समाचार
0
सुनसरी कांग्रेसमा विवाद : निर्णयसहित पठाइएका सक्रिय सदस्यको नाम आफूखुसी हटाइएको आरोप
21
SHARES
532
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीमा नेपाली कांग्रेसको सक्रिय सदस्यको विषयमा विवाद बढ्दै गएको छ । नयाँ सक्रिय सदस्यको नाम सुनसरीका केही क्षेत्रका सभापतिले आफूखुसी हटाएर केन्द्रमा पठाउँदा भएको विवाद यतिबेला बढ्दै गएको हो ।

कतै निर्णय गरेर पठाइएका अधिकांश नाम हटाइएको छ भने कतै आवश्यक्ता भन्दा धेरै नाम थपिएको विषयमा यतिवेला सुनसरी कांग्रेसमा विवाद चुलिँदै गएको हो ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

आसन्न १४औं महाधिवेशन लक्षित कांग्रेस केन्द्रीय समितिले नयाँ सक्रिय सदस्यको नामावली पठाउन निर्देशन दिएको थियो । गत १५ वैशाखभित्र नामावली पठाइसक्नुपर्ने निर्देशन अनुसार नामावली वडा तथा नगर समितिले क्षेत्रीय सभापतिलाई बुझाएको थियो । सबै नगर, गाउँ तथा वार्डबाट नामावली समेत गएको र अहिले वेबसाइटमा सबै नाम नआएपछि यतिबेला वडा तथा नगर समिति असन्तुष्ट बनेका छन् ।

गाउँ, नगर तथा सामाजिक सञ्जालमा समेत यतिबेला यो विषयमा चर्चा हुन थालेको छ । वडा तथा नगरसभापतिका अनुसार पठाइएको नामावली वेबसाइट (सिस्टम)मा अपडेट गर्ने अधिकार क्षेत्रीय सभापतिलाई हुन्छ । सभापतिले आफूखुसी नाम अपडेट गरेको नेताहरुको आरोप छ ।

रामधुनीबाट अधिकांश नयाँ सदस्यको नाम हटाइयो
सुनसरीको रामधुनी नगरपालिकाका केही वडाबाहेक सबै वडाबाट पठाइएका अधिकांश नामहरु क्षेत्रीय सभापतिहरुले आफूखुसी हटाएर पठाएको कांग्रेस नगरसमितिले आरोप लगाएको छ । रामधुनी ५ मा १३२ जना नयाँ सदस्यको नाम पठाइएकोमा १६ जनाको मात्र नाम आउँदा आश्चर्यमा परेको नगर सभापति सुदिप अधिकारीले जानकारी दिए ।

‘जस्तो निर्देशन आयो त्यसैगरी हामीले सबै वार्ड समितिमार्फत निर्णय गरेर समावेशी ढंगले नयाँ सक्रिय सदस्यको नामावली पठाएका थियौं,’ उनले भने, ‘तर रामधुनीबाट गएका अधिकांश नाम हटाइएका छन् ।’

उनका अनुसार रामधुनी नगरपालिका वार्ड नम्बर १ बाट ५६ जनाको नाम पठाइएकोमा ४४ जनाको मात्र अपडेट गरिएको छ । त्यसैगरी वार्ड २ मा ३२ जनामा १७, वार्ड ३ मा ८७ जनामा ७० जना, वार्ड ४ मा ११८ मा ७४, वार्ड ५ मा १३२ मा १६, वार्ड ८ मा ८८ मा ४८ र वार्ड ९ मा ७५ मा ४१ जनाको मात्र नाम अपडेट गरि बाँकी नाम आफूखुसी हटाइएको छ । वार्ड ६ र ७ को नामावली भने हालसम्म अपडेट भएको छैन ।

‘भइरहेको नेतृत्वलाई अधिवेशनले स्थापित गर्ने लगायतका विषय अधिवेशनले तय गर्ने हो तर यसरीले आपसी कब्जा हुने हो भने भोलिका दिनमा कस्तो नेतृत्व पाउँछ ?’ अधिकारीले खबरबिटसँग भने, ‘पार्टी भित्र विवाद आउनु राम्रो विषय होइन, क्षेत्र र जिल्लाले यस विषयलाई चाँडै हल गर्नुपर्छ ।’

अन्य क्षेत्रमा समेत उस्तै
त्यसो त विवाद रामधुनीमा मात्र हैन । जिल्लाका अन्य क्षेत्रमा समेत उस्तै छ । सुनसरी क्षेत्र नम्बर ३ अन्तरगत पर्ने इटहरीका वडामा समेत उस्तै विवाद छ । त्यस्तै दुहवी क्षेत्रका वडामा समेत क्रियाशिलताको विवाद अझै नसुल्झिदाँ समस्या देखापरेको कांग्रेस कार्यकर्ताको आरोप छ ।

कांग्रेस इटहरी उपमहानगर समितिले प्रत्येक वडामा पुरानो नवीकरणको ७५ प्रतिशत नयाँ फारम वितरण गरेपनि सबै वडाहरुमा निर्धारित संख्या भन्दा बढी क्रियाशिल पाइएपछि विवाद उत्पन्न भएको इटहरी १० का कांग्रेस वडासभापति प्रकाश कोइरालाले बताए ।
उनका अनुसार सामान्यतयाः क्रियाशिल वितरण गर्नुपूर्व वडासभापतिसँग समन्वय गर्नुपर्ने हुन्छ । तर, इटहरीका अधिकांश वडामा भने वडा समितिका सभापतिको जानकारी बिना नै यसरी फारम वितरण गरिएपछि केही वडाका सभापतिहरुले आपत्ति जनाएका छन् ।

कोइरालाले आफूलाई दिएको फारम भन्दा बढी फारम अनलाइनको माध्यमबाट भरिएपछि विवाद उत्पन्न भएको बताए ।

त्यस्तै बराहक्षेत्र ११ मा वार्ड समितिले पठाएको सबै नाम हटाएर आफूखुसी नाम हालेको, इनरुवाका केही वार्डमा एकै वार्डमा ५/६ सय सक्रिय सदस्य बनाइएको लगायतका विषयमा वार्ड तथा नगर कार्यसमितिका नेता यतिवेला असन्तुष्ट बनेका छन् ।

यस किसिमको विवादले भोलिका दिनमा कांग्रेस सुनसरीको अवस्था कस्तो हुन्छ भन्ने विषयमा सबैले ध्यान दिएर यस विवादलाई अन्त्य गर्नुपर्ने र यसलाई सच्याउनुपर्ने विवादित वडा तथा नगरका नेताहरुको भनाइ छ । यस विषयमा जिल्ला समिति तथा क्षेत्रीय सभापतिहरु जवाफदेही हुनुपर्ने उनीहरुको भानाइ छ ।

उपमहानगर समितिसँग छानबिनको माग
विवाद चुलिँदै गएपछि इटहरीका वडा समितिहरुले यस्ता विवादमा निष्पक्ष छानबिन गर्नका निम्ति इटहरी उपमहानगर समितिलाई ज्ञापन पत्र बुझाएर छानविन गर्न समेत माग गरेका छन् । क्रियाशिल वितरणमा एकलौटी भएका कारण निष्पक्ष छानबिन हुनुपर्ने मागसहित नगरमा पत्र बुझाइएको इटहरी ८ का कार्यवाहक सभापति जसवन्त चौधरीले बताए ।

नाम छुटेको हो, सबैको आउँछ : क्षेत्र ४ सभापति अंसारी
यो विवादको विषय नभएको सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुब अन्सारीले प्रतिक्रिया दिए । उनले आत्तिनुपर्ने विषय नरहेको र नाम सबैको आउनेमा ढुक्क रहन आग्रह गरे । ‘आत्तिनु पर्ने केही छैन’ उनले भने, ‘नाम छुटेको हो, सबैको नाम इन्ट्री हुन्छ ।’ उनले यस विषयमा आफूलाई कसैले पनि जानकारी नगराएको बताए ।

क्षेत्रीय सभापति जवाफदेही हुनुपर्छ : जिल्ला सभापति कोइराला
नेपाली कांग्रेस जिल्ला सभापति राजिव कोइरालाले यो विषयमा क्षेत्रीय सभापति जवाफदेही हुनुपर्ने बताए । विवाद सुल्झाउन जिल्लाले पनि समन्वयात्मक भूमिका खेल्ने उनको भनाइ छ । ‘यस विवादमा जिल्ला भन्दा पनि क्षेत्रीय सभापति जवाफदेही हुनुपर्छ’ उनले भने, ‘विधान अनुसारको छानबिन समिति पनि छ, अब यस विवादलाई सुल्झाउन पहल गर्छौ ।’ उनले आजबाटै छलफल गर्न सुरु गरिसकेको र हालको निषेधाज्ञाले प्रत्यक्ष रुपमा छलफल गर्न समस्या भएको बताए ।

 

याे पनि : स्वास्थ्य मापदण्ड अपनाउन रामधुनी कांग्रेसको आग्रह

Tags: नेपाली कांग्रेसरामधुनीविवादसक्रिय सदस्यसुनसरी

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
इटहरीमा जेठ ४ गतेसम्म लम्बियो निषेधाज्ञा (विज्ञप्तीसहित)

इटहरीमा जेठ ४ गतेसम्म लम्बियो निषेधाज्ञा (विज्ञप्तीसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.