ओखलढुङ्गा नेपालको प्रदेश १मा पर्ने पहाडी जिल्ला मध्ये एक हो। पूर्वदेखि पश्चिमतर्फ क्रमश फराकिलो हुँदै गएको यस जिल्लालाई तीन तिरबाट नदीले छुट्याएको छ। उत्तरमा सोलुखुम्बु जिल्ला, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोशी नदीले र पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ। नेपालका ७५ जिल्ला मध्ये जनसङ्ख्याको हिसावमा ५९ औं स्थान र क्षेत्रफलको हिसावले ६८ औं स्थान ओगट्ने यस जिल्लाको कूल भूभाग मध्ये सदरमुकाम ओखलढुङ्गा बजार९सिद्धिचरण नगरपालिका०बाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ।
युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ। वि।सं २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे। ओखलढुंगा ,प्राकृतिक रुपमा सुन्दर छ । यहा युगकवी सिद्धिचरण श्रेष्ठ ,रास्टृय गितका रचनाकर ब्याकुल माइला,पुर्व प्रधानसेनापती रुक्मा









![१० तस्बिरमा ओखलढुङ्गा [फोटो फिचर]](https://khabarbit.com/wp-content/uploads/2019/09/Okhaldhunga-Photo-Feature-in-Khabarbit-5-copy1-1-1140x641.jpg)







