रामधुनी । लकडाउनको समयमा उद्योगी व्यवसायीलाई समस्या परेको भन्दै रामधुनी नगरका झुम्कासहितका बजार बिहीबारबाट दैनिक केही घण्टाका दरले खुल्न थालेका छन् ।
बुधबार झुम्का उद्योग वाणिज्य संघले सूचना जारी गरेपछि आजबाट बिहान ६ देखि १० बजेसम्म बजार पसल खुल्न थालेका हुन् । कोरोना रोकथाममा मद्दत गर्न साबुनपानीको व्यवस्था, सामाजिक दुरी कायम गर्दै सो समयावधिमा व्यवसाय गर्न पाउने भने पनि अधिकांश पसलमा साबुनपानी, सेनिटाइजर नभएको पाइएको छ ।
बजार पसल खुलेपछि व्यवसायीहरु खुसी भएका छन् भने उपभोक्ताहरुले पनि आवश्यक वस्तु सो समयमा किन्न पाउने भएका छन् ।
१० बजेपछि प्रहरीले पसल बन्द गर्न आग्रह गर्दै हिँड्ने गरेका छन् । बिहीबार सामान्य रुपमा व्यवसाय सञ्चालन भएको व्यवसायीहरुको भनाइ छ । कतिपय पसल भने सो समयावधिमा पनि खुलेका छैनन् । बैंकहरूमा भने सेवाग्राहीकाे भीड लाग्ने गरेकाे छ ।
अत्यधिक भिडभाड हुने शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्यालेस, धार्मिक स्थल, खेलकुद स्थल, फुटसल, होटल तथा रेष्टुरन्ट भने बन्दनै हुने उद्योग वाणिज्य संघ झुम्काले जनाएको छ ।
बजार खुलेको पहिलो दिन बिहीबार खबरबिटका आर.बी.कट्वालले कैद गरेका झुम्का बजारका केही तस्बिरहरु :