इटहरी । धरान उपमहानगरपालिका ३ बाट प्रतिबन्धित औषधीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान ३ का २३ वर्षीय जीतेन्द्र दास, धरान १५ का ३५ वर्षीय दीपेन राई र २७ वर्षीय अनम राईको साथबाट लागूऔषधसहित पक्राउ गरिएको हो ।
ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको हो ।
प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।