झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरेबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नम्बर प्लेट नभएको बुलेट मोटरसाईकल सहित चोरीमा संलग्न रहेका माई नगरपालिका-६ महमाई इलामका २२ वर्षीय मनिस गिरी र २७ बर्षीय खगेन्द्र भारतीलाई पक्राउ गरेको हो ।
चोरीको मोटरसाईल सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेकाे छ ।







