तिहारको धनतेरस अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री थालेको छ ।
काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री वितरण थालिएको हो ।


राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि बिक्री सुरु गरेको टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए ।







