विगत लामाे समय लागुऔषध मुद्दामा सम्मानित मुद्दा फैसला भएका फरार रहेका प्रतिवादीलाई सुन्दरहरैचा नगरपालिका ६ बाट पक्राउ गर्न प्रहरी सफल भएकाे छ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर आर.आइ.टी.बाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका १ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको २०७७ साल फागुन २६ गतेको सजाय निर्धारण फैसला आदेशले २१ दिन कैद र २ हजार रुपैया जरीवाना भएका प्रतिबादी पक्राउ परेका छन् ।
सुन्दरहरैचा नगरपालिका–६ मोरङका २३ बर्षीय बालकृष्ण मगरलाई गाउँघरमा नै लुकिछिपि बसेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साथै कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।