काठमाडाैं । हरी हुमागाईं निर्देशित चलचित्र ‘सरौतो’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन प्रधान चलचित्रमा सुमी मोक्तानको मुख्य भूमिका छ ।
उनि सुन्न र बोल्न नसक्ने चरित्रमा देखा परेकी छन् । बदलाको कथा भन्ने चलचित्रमा विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।
यस्तै अभिनेत्री सुमीले सांकेतिक भाषामा कार्यक्रम सम्बोधन गरेकी थिइन् । एक्सन र सांकेतिक भाषा सिक्न सुमीले कडा मेहनत र समय खर्चिएको निर्माण पक्षले बतायो ।
राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।
शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रमा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् । सिनेमा २२ कार्तिकदेखि नेपालभरी प्रदर्शन हुँदैछ ।