सुनसरी । बराहक्षेत्रमा देशकै चर्चित द एक्स ब्यान्डसहित विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका छन् । ‘एउटा चिठिको सहाराले’ जस्ता चर्चित गीत ब्यान्डले प्रस्तुत गरेको थियो । ब्यान्डका सबै गीतमा दर्शकहरु झुमेका थिए ।
बराहक्षेत्र २ स्थित चतराको मुख्यचोक जागृत चोकको नामकरण गरेको २५ वर्ष पुगेको अवसरमा आयोजित २५औं जागृत चोक रजत महोत्सव तथा सांगीतिक साँझमा बुधबार राति करिब पाँच घण्टा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा ब्यान्डले एउटा चिठिको सहारालेसहित म आउँदै छु, मेरो मनमा हलचल मचाउँछ, च्याङ्वा दाई, लुक्न देउ मलाई तिम्रो केशमा, ठाडो जाने उकाली, देखे तिमीलाई हिजो है राति सपनीमा जस्ता रक तथा पप शैलीका गीतले चतराबजारलाई गुन्जाएको थियो । चतराबासी संगीतको तालमा कार्यक्रम अवधिभरी झुमे ।
पहिलो पटक चतरामा प्रस्तुति गरेको एक्स ब्याण्डका स्वरमा शिव मुखिया, गितारिष्ट सजल राजभण्डारी र ड्रमर सुरेन्द्र श्रेष्ठ तीन जनाले चतरालाई गुन्जयमान बनाएका थिए । स्थानीय कलाकारलाई चिनाउने उद्देश्यसहित जागृत युवा समाजले आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकार तथा ¥यापर सुमिन दाहालले आफ्नो ढुकुलङ्ढ्याङ्ग गीतसहित हिपप गीत सुनाए । त्यस्तै स्थानीय कुल डिर्जट ब्यान्ड, नागि डान्स सेन्टर, रोयल डान्स सेन्टर, आर.सि.ए.को बिबोइङ्ग डान्स, हिमालयन इङलिस स्कुल, राइजिङ्ग स्कुल, एकता क्लबलगायतका प्रस्तुती, कृष्ण खवासको गीत तथा स्थानीय आधा दर्जन भन्दा बढी कलाकारले प्रस्तुति दिएका थिए ।
बराहक्षेत्र २ का अध्यक्ष हरिकृष्ण भट्टराईको प्रमुख आतिथतामा कार्यक्रम सुरु भएको थियो । कार्यक्रमका सभाध्यक्षता आयोजकका संयोजक रोशन श्रेष्ठ रहेका थिए । कार्यक्रममा हिमालयन इङलिस स्कुलका पिन्सिपल आलोक श्रेष्ठले स्वागत मनत्व्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश कार्यक्रम संयोजक समेत रहेका सभाध्यक्ष श्रेष्ठलले र चोकको नाम जागृत हुनको कारण र प्रशंग चोकको नामकरण राख्ने ब्यक्तित्व पुष्पदिप पौडलले राखेका थिए ।
प्रमुख अतिथि भट्टराइले चोकको भौतिक विकासको प्रसंगको चर्चा गरे । जागृत चोकबासीबाट अन्य चोकबासीले उत्साह, जोस जस्ता कुराहरु सिक्नु पर्नेमा जोड दिए । जागृत चौकको पानी बग्ने समस्यालाई यसपटक ग्राबेल गर्ने र अब आउने वर्ष पिच गर्ने बराहक्षेत्रका मेयर निलम खनालले लक्ष्य रहेको खबर पठाएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरु वडा नं १ का अध्यक्ष सुरेस श्रेष्ठ, उद्योग बाणिज्य संघ चतरा अध्यक्ष रमेश बिष्ट, इलाका चतरा प्रमुख, सशस्त्र बेस क्याम्प चतरा प्रमुख अशोक न्यौपाने रहेका थिए । कार्यक्रममा चतरा जल बिद्युत केन्द्रका प्रमुख बिनोद पाण्डे, बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठलगायत अतिथि रहेका थिए ।
कार्यक्रममा समाजले जागृत चोक घर भएर बिभन्न पेसाम आवद्द अधिवक्ता कुलराज लमिछाने समाचार वाचिका रचना पौडेल, हवाइजहाजकी परिचालिका रोजिना शाक्य, डाक्टर सौजन दुलाल, माइक्रो बाइलोजि श्रद्धा दुलाल, सूचना अधिकृत नितान्त चर्चित बस्नेतलाई सम्मान पत्र प्रदान गरिएको थियो । जागृत चोकलाई स्थापित गराउन महत्वपूर्ण योगदान पुर्याउने रमेश खड्का, पुष्पदिप पौडेल, सुदिर दाहाल, रमेश मगर, दिनेस बस्ने र दिपक पौडेललाई कदर पत्रले सम्मान गरिएको थियो ।