काठमाडौं । मोडल कसिस दाहालद्वारा अभिनित दुई म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आधा दर्जन चलचित्र र तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी कसिसलाई रंगकर्मी सुरेश जिसी र भूपेशसिंह ठकुरीले अभिनयमा साथ दिएका छन् । रंगकर्मी सुरेश जिसीले ‘श्रीमान बीरबहादुर’, ‘चिरियाका साँझहरु’, ‘लू’, ‘थ्री सिस्टर्सस’ जस्ता नाटकमा अभिनय गरिसकेको छन् ।
लेखक राज सरगमको शब्द रहेको ‘मेरो छाति धड्कियोस’ र ‘मेरो सासै रोकिएला’ बोलको गीतलाई संगीतकार दिपक शर्मा र विपिन आचार्यले कम्पोज गरेका छन । गायक प्रमोद खरेल र विश्व नेपालीको स्वर रहेको गीतलाई नरेश चैसिरले खिचेका छन् ।
काठमाडौं र ललिपुरको लोकेशनमा खिचिएिको गीतलाई नारायण ठकुरी र गीतकार राज सरगमले नै निर्देशन गरेको छन् ।
भिडियो ओएसआरबाट सार्वजनिक भएको थियो ।








