रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा तालमा डुबेर एककाे मृत्यु भएको छ ।
रामधुनी ७ का ५५ वर्षीय पुरन चौधरीको स्थानीय रास तालमा डुबेर मृत्यु भएको हो । बिहीबार अपरान्ह पौने ५ बजे तालमा पौडी खेल्ने क्रममा चौधरी अचानक डुबेर घाइते भएका थिए ।
चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका पौने ७ बजे मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।








