बराहक्षेत्र । बराहक्षेत्रमा सञ्चालित दोस्रो तीज विशेष फोटो प्रतियोगिता २०७७ को उपाधि बराहक्षेत्र ३ की सर्मिला लिम्बुले पाएकी छन् ।
दिपक भिडियोग्राफीद्वारा आयोजित फोटो प्रतियोगितालाई सदाबहार मिडिया प्रा.लि.ले प्रायोजन गरेको थियो ।
प्रतियोगितामा सहभागी मध्ये सबैभन्दा धेरै एक हजार एक सय लाइक प्राप्त गर्दै लिम्बु प्रथम भएको दिपक भिडियोग्राफी संचालक दिपक पुरीले बताए । जसमा दोस्रो स्थान हासिल गर्ने बराहक्षेत्र २ की लक्ष्मी राईले ९ सय १५ र तेस्रो स्थान हासिल गर्ने बराहक्षेत्र २ की सुमि तामाङले ९ सय १४ लाइक प्राप्त गरिन् ।
सदाबहार मिडिया प्रालिको कार्यालयमा एक कार्यक्रम गरि प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तथा सदाबहारका अध्यक्ष बिजयकुमार राउतले प्रथम पुरस्कार पाँच हजार रुपैयाँ र आयोजककै रमेश यादवले दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक हजार र ५ सय प्रदान गरेका थिए ।
प्रथम हुने लिम्बुलाई फोटोसुट र म्युजिक भिडियो खेल्ने अवसर समेत पाएका छन् । दोस्रो हुनेले नगद १ हजार र तेस्रो हुनेले नगद ५ सय, प्रमाणपत्र प्राप्त गरेका छन् भने दुबैले फोटोसुटको अवसर पनि पाएका छन् ।
पुरीले गत वर्षदेखि सुरु गरेको यस प्रतियोगितालाई प्रत्येक वर्ष आयोजना गर्दैजाने र पुरस्कारको राशि बढाउँदै जाने बताए ।
बिजेता लिम्बूले प्रतियोगिताहरु धेरैले गरेको पाए यो भने विश्वासिलो रहेको बताइन् । उनले प्रतियोगिता संचालन गर्ने र अन्तिममा आएर पुरस्कार समेत नदिने वा आयोजकले टाढाका सहभागीको तस्बिर लगाउँदै बिजेता घोषणा गरेको समेत देखिएको बताइन् । तर दिपक भिडियोग्राफिले बिजेता घोषण गर्दा सहभागी हरुको तस्बिर स्किनसर्टसहित पोस्ट गर्ने भएकोले विश्वासिलो रहेको उनका भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि राउतले भने यस कार्यक्रममा प्रायोजन गर्ने अवसार दिएकोमा प्रा.लि. हर्षित भएको बताए । उनले यस्ता कार्यक्रम गर्दै लौजानुमा पर्नेमा जोड दिए ।