Thursday, May 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

खबरबिट by खबरबिट
02/03/2021
in रंग
0
चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन
9
SHARES
232
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायाँकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।

काठमाडौंमा मंगलबार एक समारोहबीच शाहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरियो । चलचित्र गोर्खा वारियरको छायाँकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर २ छायाँकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले घोषणा समारोहमा बताए ।

READ ALSO

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

युद्धमा शाहदत्त प्राप्त गरेका गोर्खा सैनिकप्रति पनि कार्यक्रममा फुलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरिएको थियो । निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाई र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य दृष्यसहित कार्यक्रममा प्रकाश पारे । गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्ये एउटा वास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको पनि उनले बताए । गोर्खा वारियर चलचित्र ४ श्रृङ्खलासम्म निर्माण गर्ने घोषणा पनि उनले कार्यक्रममा गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो चलचित्रले नेपाल नेपालीलाई गोर्खा सैनिकको रुपमा श्रव्य दृष्य मार्फत विश्वमा चिनाउने विश्वास व्यक्त गरे । यस्तो समयमा गोर्खा सैनिकको कथामा अन्तर्राष्ट्रिय चलचित्र बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको पनि उनले बताए ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रको निर्माता मिलन आफैं हुन् । जसमा सह निर्मातामा सुरेश राई, पूर्ण लिम्बु रहेका छन् । चलचित्रलाई नेपालसहित मलेसिया र बेलायतमा छायाँकन गरिने भएको छ ।
यो चलचित्रमा रेविका गुरुङ, बिजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दी तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसीसहितको मुख्य भूमिका रहने छ । रितेस चाम्स नव नायकको रुपमा यो फिल्मबाट प्रस्तुत हुँदैछन् ।

साहसिक गोर्खाली सैनिकको बारेमा चलचित्र निर्माण हुन लागेको र आफु पनि गोर्खा सैनिकको अफिसरको रुपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुसी लागेको अभिनेता बिजय लामाले कार्यक्रममा बताए ।

यस्तै नव अभिनेता रितेस चाम्सले निकै तयारीपछि यो चलचित्र मार्फत डेब्यु गर्न लागेको बताउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए । अभिनेत्री रेविका गुरुङले चलचित्रमा आफुलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्ममो मुख्य नायिकाको जिम्मेवारी दिँदा झनै खुसी लागेको बताइन् । हास्य अभिनेता बुद्दी तामाङले आफु होचो कदको भए पनि गोर्खाली सैनिकको रुपमा दर्शकलाई फरक काम देखाउन लालायित भएको बताए ।

आगामी २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदिप बराल डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहने छ ।

Tags: गोर्खा वारियरचलचित्रमिलन चाम्सरंग

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन
रंग

चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय उद्घाटन

24/04/2026
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
Next Post
बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फागुन २० देखि

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फागुन २० देखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.