निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्र लगायतका परिचय खुल्ने कागजातको आधारमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाउने छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा समेत मतदान गर्न पाउने जनाइएको छ ।
जसबाट आगामी निर्वाचनमा मतदाताको संख्यामा स्थानिय तह निर्वाचन भन्दा बढी मतदातहरुको मतदानमा सहभागीता गराउने गराउने लक्ष्य अनुरुप परिचयपत्र मार्फत मतदान गर्न पाउने भएको हो ।