आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेद्वारहरुलाई निर्वाचन प्रचारप्रसार सम्बन्धि नियम पालना गर्न आयोगले अनुरोध गरेको छ ।
राजनैतिक दल, भातृ संगठन तथा सम्बन्धीत व्यक्ति निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न मिल्ने सामाग्रीहरुको सूची सार्वजनिक गर्दै यसको पालना गर्न आयोगले उम्मेद्वारहरुलाई आग्रह गरेको छ ।
निर्वाचनको दिन नजिकिदै गर्दा निर्वाचन आचारसंहिता तथा प्रचारप्रसार सामाग्री सम्बन्धी नियमको पालना गर्दै आफ्नो चुनाव प्रचारप्रसार गर्न आयोगले निर्देशन दिएको छ ।
निर्वाचन प्रचारप्रसार सामाग्री प्रयोग गर्न सक्ने सूची :-
- जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३x४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न पाईने ।
- उम्मेद्वार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३x४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक अन्य प्रचारप्रसारका सामाग्री राख्न नपाइने ।
- प्रचारप्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहित पर्चा मात्र प्रयोग गर्नुपर्ने ।