Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

गुजरातमा किर्तिमानसहित ७ औं पटक सरकार बनाउँदै भाजपा

आशिष काफ्ले by आशिष काफ्ले
08/12/2022
in अन्तर्राष्ट्रिय, समाचार
0
गुजरातमा किर्तिमानसहित ७ औं पटक सरकार बनाउँदै भाजपा
86
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । भारतमा जारी विधानसभा चनावमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) फेरि एकपल्ट गुजरात सरकारमा आउने भएको छ । यही डिसेम्बर १ र ५ गरी दुई चरणमा भएको गुजरात विधानसभा चुनावको नतिजा बिहीबार आउने क्रम जारी छ ।

मतगणनाको सुरुवाति परिणामअनुसार भाजपा अत्याधिक बहुमतसहित पुनः सत्तामा आउने देखिएको छ । सन् १९९५ देखि गुजरातमा भाजपाले सरकार चलाउँदै आएको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

हालसम्मको विधानसभा चुनावमा भाजपाले सन् १९९५ देखि गुजरातमा राज्यसरकार बनाउदै सरकारमा रहेको छ । सन् २००२ देखि १२ बर्षसम्म वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्री बनेका थिए ।

पछिल्लो समय दिल्ली र पञ्जाबमा प्रभाव देखाएको आम आदमी पार्टी(आप) ले गुजरातमा पनि भाजपालाई टक्कर दिने अनुमान गरिए पनि नतिजामा भने देखिएन । आम आदमी पार्टी (आप)ले पूर्वपत्रकारसमेत रहेका इसुदान गढवीलाई मुख्यमन्त्रीका रूपमा उतार्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो ।

भारतीय चुनाव आयोगका अनुसार अहिलेसम्म गुजरातमा ५ स्थानमा जित हात पारिसकेको सत्तारुढ भाजपाले १५० भन्दा बढी सिटमा अग्रता बनाएको छ । त्यस्तै कांग्रेसले १ सिटमा जित हात पारेको छ भने १५ सिटमा अग्रता राख्न सफल भएको छ । आप भने ५ सिटमा मात्र अगाडि रहेको छ ।

१८२ सदस्यीय गुजरात विधानसभामा सरकार बनाउन ९२ सिट चाहिन्छ । पछिल्लो पटक सन् २०१७ को चुनावमा भाजपाले ९९ सिट जितेर सरकार बनाएको थियो । कंग्रेस भने ७७ सिट जित्दै सशक्त प्रतिपक्षका रूपमा उभिएको थियो । पछिल्लो चुनावको नतिजा हेर्दा गुजरातमा कंग्रेसले ठूलो क्षति बेहोर्ने देखिन्छ ।

गुजरातमा भाजपाले पश्चिम बंगालमा भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी) को रेकर्डसँग बराबरी गर्ने भएको छ । सीपीआईएमले सन् १९७७ देखि २०११ सम्म लगातार ७ पटकसम्म विधानसभा चुनाव जितेर रेकर्ड कायम गरेको थियो ।

विपक्षमा कंग्रेस र आपबीच भोट बाँडिएकाले त्यसको लाभ सत्तारूढ भाजपालाई पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । अर्काेतर्फ प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहको गृह प्रदेशमा भाजपाले आफ्नो सत्ता कायम राख्न पूरा शक्ति लगाएको थियो ।

Tags: Bannerगुजरातनरेन्द्र माेदीभाजपाभारतविधानसभा चुनाव

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
सेवा अवरुद्ध भएपछि एनसेलले माग्यो सेवाग्रहीसंग माफी

सेवा अवरुद्ध भएपछि एनसेलले माग्यो सेवाग्रहीसंग माफी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.