इटहरी । नेपालमा आगामी मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।
अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।