सुनसरी । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुनसरीका २ वटा निर्वाचन क्षेत्रको मतगणना कार्यमा सुरुहुन सकेन ।
सुनसरी क्षेत्र नं. २ (क) का महेन्द्र माध्यमिक विद्यालयको मतदान केन्द्र (ङ) बुथबाट प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको मतपत्र दिएको भन्दै विवाद उत्पन्न भएको हो ।
सोही विवादका कारण मतगणना हुने भनिएको समयमा मतगणना कार्य सुरु भएपनि रोक्नु परेको स्रोतले जनाएको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा तर्फ भिम आचार्य र सिताराम मेहेता उम्मेद्वार रहेका छन् भने प्रदेश सभाको (क) तर्फ रेवती रमण भण्डारी र द्वारीक लाल चौधरी उम्मेद्वार रहेका छन् ।
त्यस्तै सुनसरी क्षेत्र नं. ३ मा लोक्तान्त्रीक बाम गठबन्दनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार विजय कुमार गच्छदार तथा नेकपा (एमाले)की उम्मेद्वार भगवती चौधरीले उम्मेद्वारी दिएको क्षेत्र रहेको छ । हालसम्म उक्त क्षेत्रमा मतगणना कार्यमा सहमति हुन नसकेको स्रोतले जनाएको छ ।