रामधुनी । हरेक वर्ष चौमासिक रुपमा सञ्चालन गर्दै आएको सार्वजनिक सुनुवाई कार्याक्रम रामधुनी नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाई भोली सोमबार आयोजना गर्ने भएको छ ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अगाडी अर्थात कार्तिक २९ गते आयोजना हुने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाका अधिकांस कर्मचारीहरुलाई निर्वाचनमा खटाइएको कारण बताउदै नगरपालिकाले कार्यक्रम स्थगित गरेको थियो ।
जनताको सार्वजनिक असन्तुष्टी, गुनासो सुन्ने तथा नगरले चार महिना भित्रको अवधिमा सम्पन्न गरेका योजना कार्यान्वयन साथै तिनको अवस्था बारेमा जनतासंग प्रत्यक्ष चासोको बिषय रहेको उक्त कार्यक्रममा नगरबासीहरूकाे उल्लेखिनय सहभागिता रहने नगरपालिका स्राेतले जनाएकाे छ ।