सुनसरी । इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले कार्यवाहक नगर प्रमुख मा वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठलाई दिएका छन् ।
नेपाल नगरपालिका सङ्घको महाधिवेशनमा नगर प्रमुख पौडेल र उपप्रमुख सङ्गीता कुमारी चौधरी काठमाण्डौं गएका पछी वडा अध्यक्ष श्रेष्ठलाई नगर प्रमुखको जिम्मेवारी दिइएको स्राेतले जनाएकाे छ ।
पुस ४ गतेबाट सुरु भएको महाधिवेशन ६ गते सम्म चल्नेछ उक्त कार्यक्रमबाट नगर प्रमुख र उपप्रमुख कार्यालयमा उपस्थित नहुउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको उपमहानगर प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
कार्यवाहक पाएका श्रेष्ठले आफूलाई पुस ११ गते सम्मका लागि जिम्मेवारी पाएको बताए ।