सुनसरी । बराहक्षेत्र नगरपालिका कृषि विकास शाखाले योजना सार्वजनिक तथा समिक्षा गोष्ठी आइतबार सम्पन्न गरेको छ ।
बराहक्षेत्र नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कृषि शाखाले गत वर्ष २०७५/७६ मा गरेका कार्यक्रमहरु तथा आइपिएममा संचालन गरेका क्रियाकलाप कृषि शाखाका नीरकुमार राईले प्रस्तुत गरेका थिए ।
२०७६/७७ मा कृषि विकास शाखाले गरिरहेको र गर्न बाँकी क्रियाकलाप तथा शीर्षक र सो शीर्षकमा विनियोजित बजेट कृषि विकास शाखाका प्रमुख हरिबहादुर खत्रीले योजना बजेट सार्वजनिक गरेका थिए । बराहक्षेत्र नगरबाट १ करोड ८५ लाख ९० हजार र शसर्त अनुदान १० लाख गरि कुल बजेट १ करोड ९५ लाख ९० हजार रुपैयाँको कृषि विकास शाखामा कार्यक्रम रहेको खत्रीले बताए ।
उक्त कार्यक्रममा बराहक्षेत्र कृषि विकास शाखाका तुलसा लिम्बूले अहिलेसम्म कृषि शाखाले गरेका उपलब्धीहरुका बारेमा प्रष्ट परेकी थिइन् । लिम्बूले अहिले बराहक्षेत्रमा कृषकहरुमा आयआर्जन वृद्धि हुनुका साथै आत्मनिर्भर भएको र त्यसमा पनि युवा जनशक्तिहरु पनि कृषिमा आकर्षित भएको बताइन् । नगरभित्रका कृषकहरुले यस शाखाबाट भनेको बेला प्राविधिक सहयोग सरल रूपमा पाएको लिम्बूले बताए ।
कार्यक्रमका सभापति समेत रहेका बराहक्षेत्रका मेयर निलम खनालले नगरका कृषकहरु धान खेती लगायत अन्य केही बालीबाट पनि आत्मनिर्भर रहेको बताए । मासुबाट जडिबुटीबारे आत्मनिर्भर हुने बारेमा अध्ययन गर्दै गरेको र कोशीमा रहेको खाली योग्य जमिनमा खेती गर्न विभिन्न कम्पनीहरुले अधायन गर्दै गरेको खनालले बताए ।
उक्त कार्यक्रम बराहक्षेत्र नगरपालिका आर्थिक विकास समिति संयोजक साथै वडा नम्बर ८ का वडाध्यक्ष फरिन्द्र भट्टराईले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।