बराहक्षेत्र । थारु समुदायको महान पर्व माघीको अवसरमा सुनसरीको बराहक्षेत्र नगरपालिकाले माघ १ गते बुधबार सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै बुधबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
नगरले बुधबार नगरपालिका तथा मातहतका कार्यालय एवं नगरक्षेत्रभित्रका विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हो ।
बराहक्षेत्रसहित तराइका थारु समुदायले सद्भावका साथ माघ १ गते यो चाड मनाउने गर्दछन् । थारु समूदायमा सोे दिन नयाँ वर्षका रुपमा पनि मनाइन्छ ।
कतिपय स्थानका थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ । यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ ।
थारु समुदायमा माघ १ गते तिला संक्राइन्त पनि मनाइन्छ ।