रामधुनी । रामधुनीका युवा व्यवसायी बलराम चौलागाईँले लकडाउनबाट प्रभावित विपन्न परिवारका लागि चामलसहित राहत सामाग्री सहयोग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कार्यालय सदस्य समेत रहेका चौलागाईँले सोमबार राहतस्वरुप १५ सय किलो चामलसहित खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
चौलागाईँले रामधुनी नगरपालिका वडा नम्बर ५ मार्फत चामलसहित एक सय किलो दाल, दुई सय किलो नुन, दुई सय प्याकेट साबुन र दुई सय ओटा मास्क सहयोग गरेका छन् ।
चौलागाईँले सोमबार अध्यक्ष डेगराज फुयाललाईमार्फत उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
उनले कोरोना भाइरस संक्रमण वा लकडाउनबाट भोलीका दिनमा थप जटिक समस्या उत्पन्न भए पुन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन । चौलागाईँ गृहलक्ष्मी राइस मिलका सञ्चालक समेत हुन् ।